धरान: प्रभु बैंक धरान १० के रन ८ औं नेवा च्यारिटीको टिसर्ट र मेडल सार्वजनिक गरिएको छ । आयोजक धरान रनले शुक्रबार पत्रकार सम्मेलन गर्दै दौडमा सहभागीहरुलाई दिइने टिसर्ट र मेडल सार्वजनिक गरेको हो ।

टिसर्ट तथा मेडल धरान रनका अध्यक्ष रमु राई र सचिव राजेन्द्र लिम्बुसँगै ताप्लेजुङ रनका अध्यक्ष दिनेश खवास र सचिव लक्ष्मी काफ्लेले संयुक्तरुपमा सार्वजनिक गरेका थिए । आठौं सँस्करणमा यसपाली ५ हजारको संख्यामा दौडने आयोजकको दाबी छ । फारम भर्ने सबै सहभागीहरुलाई आयोजकले टिसर्ट उपलब्ध गराउने गरेको छ । शुक्रबार बेलुकीसम्म ३ हजारले फारम भरेर बुझाइसकेका छन् ।

dharan-10-k-run

यसपाली आयोजकले दौडमा सहभागी भएर २ हजार भित्र पर्न सफल भएकाहरुलाई मेडल दिने घोषणा गरेको छ । मेडल सार्वजनिक गर्दे धरान रनका अध्यक्ष राईले मेडल हङकङबाट ल्याइएको बताए । ‘पहिलो २ हजारमा पर्नेलाई दिइने भएपनि हाम्रो विभिन्न उमेर समुहको क्याटोगोरी छ । कुन समुहलाई कति दिने भनेर फाइनल गर्न बाँकी छ,’उनले भने ।

भारत र वंगलादेशबाट पनि सहभागीता हुने

प्रभु बैंक धरान १० के रनमा यसपाली भारत र वंगलादेशबाट पनि खेलाडीहरु सहभागी हुने भएका छन् । आयोजक धरान रनका अनुसार भारतको कालिम्पोङ, सिक्किम र डुवर्सबाट सहभागीता हुनेछ । यस्तै, वंगलादेशबाट पनि रनमा सहभागिता हुने अध्यक्ष राईले बताए । ‘यो पटक अन्र्तराष्ट्रियस्तरको हुनेछ, हङकङ र युकेबाट त धरानेहरु पहिलादेखि नै आइरहेकै छन्,’उनले भने ।

खुलातर्फ प्रथम पुरस्कार राशी वृद्धि

dharan-run-10-k, 1

आयोजकले यसपाली मुख्य स्पर्धामा खुलातर्फको प्रथम नगद पुरस्कार राशी वृद्धि गरेको छ । खुलातर्फ महिला र पुरुषको प्रथम नगद पुरस्कार वृद्धि गरेर जनही ५० हजार पुर्याइएको आयोजक संस्थाका अध्यक्ष राईले जानकारी दिए । दोस्रो र तेस्रो हुने दुवैतर्फका खेलाडीले क्रमशः ३० हजार र २० हजार पाउनेछन् ।

दौडमा १२ बर्षसम्म, १६ बर्षसम्म, ४० बर्ष माथिको भेट्रान र ६० बर्षमाथिको सुपर भेट्रान उमेर समुह सहभागीता हुनेछ । दौडामा ४० बर्ष माथिको भेट्रान, १६ बर्षसम्म र १२ बर्षसम्म उमेर समुहका प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाउनेछन् । सुपर भेट्रानका विजेताहरुलाई आकर्षण उपहार दिइने आयोजकको भनाई छ । गत सँस्करणदेखि यो दौड १० किलोमिटर दुरीको भएको हो । त्यसअघि ८ किलोमिटर मात्र दुरीको दौध थियो । दौडमा १२ बर्षसम्मको लागि भने ३ किलोमिटर मात्र दुरी हुनेछ । भानुचोकबाट शुरु भएको दौड बालबालिकाहरु दुर्गा चोक पुगेर फर्कनेछन् ।

dharan-run-medal