धरान: सफल पोखरा म्याराथन २०२० अन्तर्गत १० किलोमिटर दौडमा धरानकी इन्द्रकला नेम्बाङ(निक्की)ले महिलातर्फ प्रथम स्थान हासिल गरेकी छिन् ।

प्रथम हुदै उनले मेडल र नगद १५ हजार पनि हात पारिन् । पोखरा म्याराथनअन्तर्गत विभिन्न विधामध्ये इन्द्रकला १० किलोमिटर दौडमा सहभागी भएकी थिइन् । धरानमा उनी निक्की उपनामले परिचित छन् । धरान रनमा नियमित दौडने उनी अहिले राष्ट्रिय मात्र होइन, अन्र्तराष्ट्रिय दौड प्रतियोगिताहरुमा पनि सहभागी भइसकेकी छिन् ।

गएको १३ औं सागमा उनी द्धवाथलनमा नेपालको राष्ट्रिय टिममा परेकी थिइन् । त्यसबेला नेपाल चौथो भएको थियो । राष्ट्रिय थुप्रै दौडमा सहभागी भएर उनले पुरस्कार जितिसकेकी छिन् । उनी केही महिना अघि मात्र चीनमा आयोजना भएको ५० किलोमिटरकये म्याराथुनमा पनि सहभागी भएकी थिइन् ।