धरान: धरान र धरानेहरुको लागि बहुप्रतिक्षित एउटा कार्यक्रम हो, धरान १० के रन नेवा च्यारिटी । हरेक बर्ष धरान रनले आयोजना गर्ने यो दौड प्रतियोगिता नेपालकै सर्वाधिक सहभागी संख्या हुने मध्येको हो ।

यसपाली १० के रन ८ औं सँस्करणको थियो । आज बिहान ४ हजार भन्दा बढी सहभागीहरु दौडिए, र नतिजा पनि आइसकेको छ । यो दौड स्वास्थ्य रहने सन्देश दिन र बालबालिकाहरुको शिक्षाको लागि सहयोग जुटाउन आयोजना गरिएको हो । त्यसैले साना बालबालिकाहरुदेखि ६० बर्ष माथिका ज्येष्ठ नागरिकहरु(सुपर भेट्रान) पनि सहभागीता जनाउछन् । यो दौडको दिन लाग्छ, धरान पुरै उर्लिएर दौडिएको छ ।

2

यो रनमा सहभागी हुन नेपालका चर्चित धावक तथा धाविकाहरु पनि आउछन् । सुदुरपश्चिमको जुम्लाबाट पनि बर्षेनी आउने गरेका छन् । बेलायत र हङकङमा रहेका धरानेहरु त आउने नै भए, यसपाली भारत र वंगलादेशबाट पनि खेलाडीहरु सहभागी भएर अन्र्तराष्ट्रियस्तरको दौड प्रतियोगिता हुनपुग्यो ।

धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले आफ्नो छोरी अस्वस्थ्य भएपछि स्वास्थ्यको महत्व बुझेको र स्वास्थ्य रहनकै लागि आफु दौडन थालेको बताए । उनले रोग लागेर उपचारमा खर्च सक्नुभन्दा रोग लाग्नै नदिन हरेक दिन आधा घण्टा मात्र दौडन सबैलाई आह्वान गरे । पुरस्कार वितरण समारोहका प्रमुख अतिथि एवं धरानका मेयर तिलक राईले धरानलाई खेलकुदको राजधानी बनाउन धरान रनको पनि प्रमुख भुमिका हुने बताए । साथै, उनले धरानेहरुलाई स्वास्थ्य बनाउने यो अभियानलाई अझै व्यवस्थित र वृहत बनाउनुपर्ने बताए ।

dharan IMG_4152 dharan1 dharan9 dharan4 dharn dharan11 santosh-raijpg srinkhala dhrn3 dharan8 dhhrn dhrn9 dhrn8 dhrn1 IMG_4326 IMG_4268 dhrn dhrno