धरान: २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ ।

आज भएको फाइनल खेलमा ३-१ गोलअन्तरले हराउदै मनाङले उपाधि जितेको हो । मनाङका दयानन्द सिहले पहिलो हाफको ११ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाउन सफल भए । दोस्रो हाफको ४९ औं मिनेटमा निशान लिम्बुले दोस्रो गोल गरे भने दोस्रो हाफको इन्जुरी समयमा बिमल रानाले गोल गरे ।

पुलिसका भोला सिलवालले दोस्रो हाफको ६७ औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ! बुढासुब्बामा मनाङको यो चौथो उपाधी हो । विजेता मनाङले नगद १० लाख र उपविजेताले ५ लाख पाउनेछ ।