धरानः उप–मेयर राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता चैत्र पहिलो सातादेखी धरानमा आयोजना हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा राष्ट्रिय महिला लिग प्रतियोगिता चैत्र ३ गतेदेखी १३ गतेसम्म हुने भएको हो । प्रतियोगिता धरान–१६ स्थित रंगशालामा आयोजना गर्ने एन्फा महासचिव इन्द्रमान तुलाधारले जानकारी दिएका छन् । एन्फाले सुनसरी जिल्ला फुटबल संघलाई पत्र पठाउदै राष्ट्रिय लिग आयोजनाबारे जानकारी दिएको हो ।

प्रतियोगितामा विभागीय तीन महिला टिमसहित सात टिमको सहभागीता रहने एन्फाले सुनसरी जिल्ला फुटबल संघलाई पठाएको पत्रमा उल्लेख छ । चन्द्रपुर उपमेयर राष्ट्रिय महिला लिगमा उत्कृष्ट बनेका चार नगरपालिकाको सहभागीता रहने एन्फाले जनाएको छ । यो प्रतियोगिता गएको माघ १० गतेदेखी १८ गतेसम्म रौटहटमा आयोजना भएको थियो ।

खेल सञ्चालन र व्यवस्थापनको लागि सहयोग गर्न एन्फाले जिल्ला फुटबल संघलाई पत्राचार गरेको छ । ‘तीन विभागीय टिमसहित सात टिमले सहभागीता जनाउने भएकाले यस जिल्ला फुटबल संघ अन्तर्गतको धरानको फुटबल खेल मैदानको व्यवस्थापन गरी सञ्चालनको लागि आवश्यक सहयोग गर्नुहुन संघ हाद्र्धिक अनुरोध गर्दछ,’ पत्रमा उल्लेख छ ।

anfa