धरान: जिआरयु बर्थ डे गल्फ प्रतियोगिता बमप्रसाद लिम्बुले जितेका छन् ।

निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा उनी विजेता भएका हुन् । उनले १ अण्डर ६९ स्कोर गर्दै विजेता भएका हुन् । उनी ९ ह्याण्डीक्याप खेलाडी हुन् । प्रतियोगितामा इभन पार ७० खेल्दै ६ ह्याण्डीक्याप खेलाडी शम्भु राई उपविजेताभए । यस्तै, इभन पार खेल्दै ४ ह्याण्डीक्याप खेलाडी रितेश तामांग सहविजेता भए । एक ह्याण्डीक्याप खेलाडी सुन्दर राई ग्रस बिजेता भए ।

सिनियरतर्फ मान बहादुर लिम्बु विजेता भए भने लेडिजतर्फ सुमित्रा राई विजेता भइन् । राइजिङ खेलाडी १४ बर्षका प्रतिक तामाङ विजेता भए भने मष्ट बर्डिज बिजेता राम तामाङ, लङ्गेष्ट ड्राईभ सन्तोष कार्की, नियरेष्ट टु दि पिन सुमन भुजेलले पुरस्कार जिते । विजेताहरुलाई धरान उपमहानगरपालिकाका मेयर तथा नेपाल गल्फ एसोसिएसनका केन्द्रिय उपाध्यक्ष तिलक राई, विशिष्ट अतिथि एवं ट्राफिक प्रहरी प्रदेश १ प्रमुख एसपी भिम दाहाल, नेपाल गल्फ एसोसिएसन केन्द्रिय सदस्य मान बहादुर लिम्बु, सुनसरी टेक्निकल कलेजका संचालक लेखिराज सुब्बा, धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए ।