धरान: झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी उमेश राईले तेश्रो नेपाल राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगितमा च्याम्पियन बनेका छन् ।

शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न प्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै उनले तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । प्रतियोगितामा उनी ७५ प्लस केजी तौल समुहबाट भिडेका थिए । उपाधीसंगै उनले २ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । नेपाल च्याम्पियनको ३ वटै सँस्करणमा ग्यालेक्सी फिटनेसका खेलाडीले उपाधि जितेर ह्याट्रिक गरेको छ ।

IMG_9261.psd

प्रतियोगितामा फिटनेस दाङ, रूपन्देहीका कृष्णप्रसाद श्रेष्ठ दोस्रो भए भने वलभैरव जिम ललितपुरका विनोद सुनार तेस्रो भए । ७५ केजी तौलबाट भिडेका कृष्णले नगद १ लाख हात पारे भने ७० केजी तौलबाट भिडेका विनोदले ५० हजार पाए । यसैगरि, ६५ केजी तौल समुहमा भिडेका फिनिक्स फिटशाला मनोज सुवेदी चौथो भए । उनले नगद ४० हजार पाए भने ५५ केजी तौलबाट भिडेका ड्याजल जिम विराटनगरका प्रविण राजवंशी पाँचौ भए । उनले नगद ३० हजार हात पारे । यस्तै, ६० केजी तौल समुहबाट भिडेका एरो फिट्नेस, दमकका मदनकुमार योङहाङ छैटौं भए । उनले नगद २५ हजार हात पारे ।

IMG_9225.psd

मस्ट इम्प्रुभिङ खेलाडीको पुरस्कार ५५ केजी तौल समुहबाट भिडेका प्रविण श्रेष्ठ हात पारे । उनले नगद ५ हजार पाए । बेस्ट पोजर ६५ केजीबाट भिडेका खेलाडी बिजेन्द्रमान श्रेष्ठ जिते भने ७५ प्लस केजीमा भिडेका खेलाडी सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डर पुरस्कार पाए । प्रत्येक तौल समुहमा प्रथम हुने खेलाडीहरु ओभरअल राउण्डमा उपाधिको लागि भिडेका थिए । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५ र ७५ माथि तौल समुहमा प्रतिस्पर्धा भएको थियो । एलाइनेट जिमले आयोजना गरेको प्रतियोगिताका विजेताहरूलाई एलाइनेट जिमका संचालक विक्रम लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुप धरानका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले पुरस्कार वितरण गरेका थिए । 
IMG_8948.psd IMG_8975.psd IMG_9015.psd IMG_9011 IMG_9203.psd IMG_9149.psd IMG_9112.psd IMG_9245.psd IMG_9115.psd IMG_9042.psd IMG_9094.psd IMG_9220.psd IMG_9046.psd IMG_9163.psd IMG_9207.psd IMG_9044.psd IMG_9053.psd IMG_9201.psd IMG_9037.psd IMG_9039.psd IMG_9259.psd IMG_9048.psd IMG_9143.psd IMG_9213.psd IMG_9099.psd

 

IMG_9059.psd