धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्र्तगतको निर्वाणा कन्ट्री क्लब र गल्फ कोर्ष लिजमा लिएको कम्पनीले छोडेको छ ।

यसका सञ्चालक शशीराम भण्डारीले आफ्नो सबै सामानहरु लिएर गइसकेका छन् । भण्डारीको काठमाण्डौं लिजिङ एण्ड हाउजिङ प्रालिले निर्वाणा २० बर्षको लागि लिजमा लिएको थियो भने गल्फ कोर्ष ५० बर्षको लागि लिएको थियो । निर्वाणासँगको सम्झौता सकिन लागेपछि भण्डारीले त्यसअघि नै खाली गरेका हुन् । वीपी प्रतिष्ठानले निर्वाणा र गल्फ कोर्ष बषौंसम्मको लागि लिजमा दिएको भन्दै शुरुवाती समयमा गल्फ खेलाडीहरुले विरोध जनाएका थिए । भण्डारीले गाई पालन गरेर गल्फ कोर्षलाई चरणमा परिणत गरेको र रुखहरु काटेपछि चर्को विरोध भएको थियो ।

IMG_9302.psd

प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनालले भण्डारीले निर्वाणा खाली गर्ने पत्र दिएको पुष्टि गरे । निर्वाणासँगको २० बर्षे सम्झौता सकिन लागेको उनले बताए । ‘खाली गर्छु भनेर चिट्ठी आएको छ, हामीले आफ्नो सामानहरु जिम्मा लिइसकेको छैनौं । प्रक्रियामा जादैछैं,’उनले भने । गल्फ कोर्षसँगको ५० बर्षे सम्झौताको बिषयमा भने अध्ययन हुने बताए ।

IMG_9298.psd IMG_9299.psd IMG_9307.psd IMG_9309.psd IMG_9315.psd IMG_9312.psd IMG_9321.psd IMG_9319.psd IMG_9326.psd IMG_9325.psd IMG_9328.psd IMG_9330.psd