धरान: सुनसरी उद्योग वाणिज्य संघले धरानमा बुधबार लागु हुने खाद्यान्नको मुल्य सुची जारी गरेको छ ।

मंगलबार साँझ सार्वजनिक गरेको खाद्यान्नको मुल्यसुची अनुसार विभिन्न ८ प्रकारको खाद्यन्नको मुल्य घटेको छ । केही खाद्य बस्तुको मुल्य भने यथावत छ । संघका बजार अनुगमन तथा आपूर्ति समन्वय समितिका संयोजक शिवराज श्रेष्ठ र महासचिव राजेश अग्रवालले खुद्रा बजार दरभाउ जारी गरेका छन् ।

के मा घट्यो मुल्य ?

संघका अनुसार हरियो मटरमा ५ रुपैया घटेर प्रतिकिलो १२० कायम भएको छ भने कालो दाल पनि १० रुपैया घटेर प्रतिकिलो १५० कामय भएको छ । यस्तै, रहर दालमा पनि १० रुपैया घटेर प्रतिकिलो १५० भएको छ । चना दालमा प्रतिकिलो ५ रुपैया घटेर १३० रुपैया भएको छ भने मुङ दाल बोक्रासहित प्रतिकिलो १० रुपैया घटेर १५० भएको छ । यसैगरि, चिनीमा प्रतिकिलो ५ रुपैया घटेर ८०, आटामा प्रतिकिलो ५ रुपैया घटेर ५० भएको छ भने मुङ दाल छांटा प्रतिकिलो १० रुपैया घटेर १८० रुपैया भएको छ ।

udyog-rate

बाँयातर्फ मंगलबारको खुद्रा मुल्य सुची, र दाँयातर्फ बुधबार लागु हुने नयाँ मुल्य सुची ।