धरान: लकडाउनले गर्दा आम नागरिकहरुमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था गरिएको छ ।

शुक्रबार धरान उपमहानगरपालिकामा प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहित बसेको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन अर्डर लिने व्यवस्था गरेको हो । बैठकले मानिसहरुमा कोरोना भाईरस संक्रमण हुन नदिनको लागि सामाजिक दुरीलाई निरन्तरता दिदै अनलाईन वा फोन मोवाईलको माध्यमबाट सामानहरुको अग्रिम अर्डरको व्यवस्था गर्ने निर्णय गरेको छ । यसको लागि आम नागरिकहरुले बराह डिपार्टमेन्ट स्टोर धरान, भाटभटेनी सुरपमार्केट धरान, गोर्खा डिपार्टमेन्ट स्टोर धरान, gudri.com र सोताङ अर्ग्यानिक कृषि फर्म वसन्तटारसँग सम्पर्क गरेर खाद्यान्न तथा तरकारी मगाउन सक्नेछन् ।

यी फर्महरुले विहान १० बजेदेखि साँझ ६ बजेसम्म सेवा प्रदान गर्ने पनि निर्णय बैठकले गरेको छ । यी फर्महरु वाहेक अन्य इच्छुक फर्महरुले होम डेलिभरी गरेर सामान उपलब्ध गराउन चाहेमा सुनसरी उद्योग वाणिज्य संघसँग समन्वय गरेमा उपमहानगरपालिकाले आवश्यक व्यवस्था गर्ने पनि निर्णय भएको छ ।

बराहको सम्पर्क नम्बर: ९८५२०४७७७० / ९८०२७५७८५८ / ९८५२०४५७६६ / ९८४२०४०६७३०

भाटभटेनी सुपरमार्केट:
Facebook : Bhabhateni Supermearket Dharan, Viber/WhatsApp's No. 9802075118 / 9802075112 / 9801233862 / 9801233863 / 9801246628

गोर्खा डिपार्टमेन्ट स्टोर: 9852020434

सोताङ अर्ग्यानिक कृषि फर्म : 9852056077

र , gudri.com