जनविश्वास भनौं वा अन्धविश्वास, चण्डी पुर्णिमाको दिन जहिल्यै पानी पर्छ भन्ने छ । बिशेष गरि यो विश्वास धरानमा छ ।

उभौलीको दिन के चलन छ भने यहाँ खासगरी धरानमा यो पर्वको दिन पानी पर्ने चलन छ । मानिसको एउटा अन्धविश्वास पनि छ, कि आजको दिन सधै पानी पर्छ। यो पानी पर्नुको मुल कारण के हो भने यो चण्डी पुर्णिमा हो । यो चण्डी पुर्णिमामा खास गरी बुढासुब्बामा ठुलो मेला लाग्छ । बुढासुब्बामा व्यापक मात्रामा वलि दिइन्छ । ती वलि खास गरी हाँस, कुखुरा, सुँगुरसम्मको वलि चढ्छ ।

ती वलिले बुढासुब्बाको सबै मन्दिर परिसर रगताम्य भएर भिजेको हुन्छ । र, त्यो रगताम्य भएर रगतको आहाल हुन्छ, यहाँका धार्मिक मानिसहरुको आस्था र विश्वास के छ भने त्यो रगत पखाल्न जहिल्यै चण्डी पुर्णिमाको दिन पानी पर्छ । आज पनि चण्डी पुर्णिमा हो । चण्डी पुर्णिको दिन पानी पर्छ भन्ने जुन मानिसहरुको विश्वास हो, त्यो विश्वासलाई आज पनि मौषमले धरानमा त्यो विश्वास कायमै रहने परिस्थिति निर्माण गरेको छ । लकडाउनले बुढासुब्बामा व्यापकरुपमा वलि काटिएनन्, केही सिमित संख्यामा भक्तजन, धर्मावलम्बीहरु मात्र कुखुराको वलि चढाउन भेला भएका देखिन्थे । 
(प्रा.डा.शर्माले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको भिडियोबाट सम्पादित)

water1