धरान: धरानको वडा नं १३ शिवधारामा कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको छोरीसहित १४ जनाको आरडिटी परीक्षण गरिएको छ ।

आज दिउँसो भएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्दा शिवधारा क्षेत्रका २६ जना प्रत्यक्ष एवं अप्रत्यक्ष सम्पर्कमा आएको नाम संकलन भएको थियो । ती मध्ये संक्रमित महिलासँग भेटघाट तथा गफगाफ गर्ने १४ जनाको पहिचान गरेर आरडिटी गरिएको थियो । ‘उहाँकै छोरीको पनि रिपोर्ट नेगेटिभ आयो, जम्मा १४ जना प्रत्यक्ष भेटघाट, गफगाफ गर्नेको आरडिटी गर्दा सबैको नेगेटिभ आयो,’महाशाखा प्रमुख मेहताले भने ।

shiva

आरडिटी गरिएकामध्ये ८ जना महिला र ६ जना पुरुष छन् । शिवधारा क्षेत्रको २३ जनाको इन्फ्रारेड थर्मोमिरट(थर्मल गन)मार्फत ज्वारो जाँच पनि गरिएको थियो । ती सबैको पनि स्वास्थ्य ठिक(ज्वरो नभएको) मेहताले जानकारी दिए । कन्ट्याकमा रहेका सबैलाई होम क्वारेन्टाइनमा बस्न सल्लाह दिइएको उनले बताए । ‘सबैलाई घरमा बस्न सल्लाह दिएका छौं, आरडिटी नेगेटिभ रिपोर्ट आएकोले चिन्ता लिनुपर्ने अवस्था छैन,’मेहताले भने ।

आजै दिउँसो सो क्षेत्रमा निर्मलीकरण(सेनिटाइज) गरिएको पनि उनले बताए । भोली शनिबार कृषि बजार क्षेत्रमा पनि सेनिटाइज गरिने उनले बताए । उपमहानगरपालिकाको स्वास्थ्य महशाखाको टोली, १३ नम्बर वडा अध्यक्ष नेत्र काफ्ले, अमरहाट प्रहरी चौकीका इञ्चार्ज सुमन दाहाल, आधारभुत स्वास्थ्य केन्द्रको टोली आरडिटी तथा ज्वरो नाप्न खटिएका थिए ।

shiva1
shiva3 shiva4 shiva7 shiva11 shiva13
shiva6