विराटनगरः प्रदेश एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्बोले आउने नयाँ बजेटको मुल ध्यान स्वास्थमा रहेको जानकारी दिएका छन् ।
छैटौँ एवम बजट अधिवेशनमा सांसदबाट उठेका प्रश्नको सरकारका तर्फबाट जवाफ दिँदै आङबोले स्वास्थ्य क्षेत्रको आमुल परिवर्तन गर्ने र कसैलाई पैसा नभएकै कारण मर्न बाध्य हुने अवस्थाको सृजना हुन नदिने स्पष्ट पारेका छन् । गत जेठ १४ गते देखि शुरु भएको छैटौँ एवम बजेट अधिवेशनमा उनले आउँदो आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि तयार भएको विनियोजन विधेयक २०७७ प्रस्तुत गरेका थिए । सांसदबाट उठेका रायलाई बजेटमा समेट्ने गरि विगत दुइ दिन देखि भएको छलफलमा उठेका विषयवस्तुुलाई आज मन्त्रीले जवाफ दिएका हुन् ।
‘कोरोना महामारीले बजेटको प्राथमिकता परिवर्तन भएको छ,’मन्त्री आङ्बोले भने,‘अबको बजेटमा सरकारको फोकस स्वास्थ्यमा रहने छ ।’ उनले हरेक जिल्लाका अस्पताल र प्रादेशिक अस्पतालको पूर्वाधार सुधारसँगै सेवाको गुणस्तरमा बृद्धि हुनेगरि कार्यक्रमले सम्बोधन गर्ने जानकारी दिए । उनका अनुसार सामान्य नागरिकको स्वास्थ्यमा पहुुँचको बृद्धि गरिने छ । समाजको तल्लो वर्गलाई बीमा लगाएतका कार्यक्रमबाट कसरी सम्बोधन गर्ने भन्ने कुुरामा ध्यान दिइने छ ।
शिक्षाको विकासमा जोड दिँदै सामुुदायिक शिक्षाको गुुणस्तर विकास गर्ने र निजि क्षेत्रका विद्यालय मर्ज गर्नेतर्फ जोड दिने मन्त्री आङ्बोले जानकारी दिए । शैक्षिक बेरोजगार उत्पादन गर्ने परम्परागत शिक्षा केन्द्रलाई मात्र जोड दिँदा अपेक्षित लाभ हुन नसक्ने भन्दै अब प्राविधिक धारको माध्यमिक तहको विद्यालयको पूवाधार निर्माण गर्ने जानकारी दिए । अनलाइन र इ एजेकेशनलाई विशेष जोड दिदै प्रविधिमैत्री शिक्षामा लागिपर्ने र नमुुना विद्यालय स्थापना गरि स्रोतको रुपमा विकास गर्ने प्रावधान रहेको मन्त्री आङ्बोको भनाई छ । निजि क्षेत्रका प्रतिस्पर्धात्मक शिक्षाको विकास गरि निजि लगानी सुरक्षित गर्नेतर्फ ध्यान दिइने उनले बताए ।
दलित, महिला समाजमा विभेदमा परेका नागरिकलाई मुल धारमा ल्याउन सरकारको जोड हुने उनको भनाई छ ।त्यस्तै सरकारको अर्को ध्यान कृषि, रोजगारी र घरेलु साना र मझौला उद्योगको समस्यालाई सम्बोधन गर्नेतर्फ रहेको उनकाे भनाइ छ । निजि क्षेत्रको समस्यालाई पूर्ववत अवस्थामा ल्याउन पहल गरिने र साना तथा घरेलु उद्योगमा रोजगारी बद्धि गरिने खालका कार्यक्रमलाई विशेष जोड दिइने बजेट अाउँदै छ ।
संसदको सम्बोधनमा मन्त्री आङबोले कृषलाई आधुनिककरण, व्यवसायीक र यान्त्रीकरण गर्न सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । उनले ठुलो सँख्यामा विदेशबाट फर्किरहेका युवालाई कृषि क्षेत्रमा राजगारी दिनुु आवश्यक रहेको भन्दै परम्परागत जीवन निर्वाहमुखी खेती नभइ आधुनिक खेतीप्रणलीको विकास आवश्यक रहेको तर्क गरे । कोभिड १९ का कारण रोगजारीमा संकसुचन आएको भन्दै अधिकाँश मानिस गाउँ फर्किदै र जनयुुद्धको प्रभाव या वैदेशिक रोजगारीेले शहर केन्द्रित मान्छे गाउँ फकाउने यो नै उचित मौका भएको भन्दै सोहि अनुसारका कृषि कायृक्रम सरकारको प्राथमिकतामा परेको मन्त्रीको भनाई छ ।
उनले कृषि क्षेत्रको अनुुदानलाई सोचिने बताए । ‘हाम्रो जस्तो मुलुकमा अनुुदान पुुर्णरुपमा हटाउन सकिदैन,’आङबोले भने,‘अनुुदान नहटाए पनि अनुदानको रकममा व्यापाक कटौती भने हुन्छ ।’ ठुलाठुला महामारीले सोच्न बाध्य बनाउँछ भन्दै कृषिमा आत्मनिर्भर हुने भनिए पनि अधिकाँश जग्गा बाँझो रहेको र सरकारले कृषिमा लगानी गर्दागर्दै पनि कृषि आकर्षणको पेशा बन्नै नसकेको उनको भनाई छ । मन्त्री आङ्बोले जीवन निर्वाहमुखी कृषि प्रणालीले गर्दा अधिकाँश मानिस कृषिमा आवद्ध भएता पनि कृषि उपजका आयातमा भर पर्नुु परेको तितो यथार्थ रहेको जानकारी दिए ।
उनले सतर्क र सचेतताका साथ बजेट प्रस्तुत गरेको भन्दै अघिल्लो वर्षबाट पाठ सिक्दै कार्यान्वयमा गर्न सकिने योजना लाई मात्र सिद्धान्त र प्राथमिकतामा राखेको बताए । ‘आफुुले बोल्ने भन्दा प्रतिबद्धतालाई बजेटमा प्रतिनिधित्व गर्ने कोसिस गर्नेछु ।’ अर्थमन्त्रीले भने ‘सांसदहरुका महत्वपुुर्ण सुझावको आधारमा सरकारको आगामी आर्थिक वर्षको बजेट तयार गने प्रतिबद्धता व्यक्त गर्दछु ।’