धरान: धरान फुटबल क्लबले आगामी आर्थिक बर्ष २०७७/०७८ मा विभिन्न कार्यक्रम तथा गतिविधिहरु समेटिको सवा करोड भन्दा बढीको अनुमानित बजेट तयार गरेको छ ।

क्बलले आगामी बर्षको लागि कुल १ करोड २६ लाख बराबारको अनुमानित बजेट तयार गरेको हो । त्यसमध्ये १५ लाख बजेट प्रशासनिक खर्चतर्फको मात्र हो भने बाँकी १ करोड ११ लाख बर्षभरि विभिन्न प्रतियोगिता तथा खेलकुद गतिविधिहरुको लागि अनुमानित बजेट भएको क्लबका महासचिव प्रताप तामाङले जानकारी दिए । ‘क्लबले आगामी बर्ष के के कार्यक्रम र गतिविधिहरु गर्ने हो, के कति खर्च लाग्छ र कहाँ बाट स्रोत जुटाउने हो भनेर नीति, कार्यक्रम तथा बजेट तय गरेको छ,’उनले भने ।

क्बलले आगामी बर्ष २३ औं बुढासुब्बा गोल्डकपलाई निरन्तरता दिनेछ । यसको लागि ९० लाख लागत अनुमान गरिएको छ । यस्तै, अण्डर १५ धरान क्लबस्तरीय छनौट प्रतियोगिताको लागि ३ लाख, अण्डर १८ धरानस्तरीय महिला उपमेयर फुटबल प्रतियोगितामा ३ लाख, धरान क्लबस्तरीय मेयर कप फुटबल प्रतियोगितामा ७ लाख ५० हजार लागत अनुमान गरिएको छ ।

dfc2

यस्तै, क्लबका पदाधिकारी तथा सदस्यहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रमको लागि १ लाख, क्लबको स्थापना दिवस(भदौ २० गते) मनाउन ३ लाख लागत अनुमान गरिएको छ भने कोभिड १९ राहत कोषको लागि १ लाख, सामाजिक उत्तरदायित्वमा २ लाख र धरान फुटबल क्लब अक्षय कोष निर्माणमा ५० हजार लागत खर्च अनुमान क्बलको छ । ‘क्लबले भदौ २० गते स्थापना दिवस मनाउने र उक्त दिन खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरिएको छ,’महासचिव तामाङले भने,‘क्लबले ५० हजार राखेर अक्षयकोष पनि स्थापना गर्ने निर्णय भएको छ । बुढासुब्बा गोल्डकपको अलग्गै अक्षयकोष छदैछ, यो चै क्लबको नाममा हुन्छ ।’

dfc3

क्लबले धरान उपमहानगरपालिका, प्रदेश सरकार, एन्फा, विभिन्न दाताहरु, प्रतियोगिताका प्रायोजकलगायतबाट बजेटको स्रोत जुट्ने अपेक्षा राखेको छ । क्लबले आज बिहान संघीय सांसद जयकुमार राईलाई सम्मान गर्दै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटबारे जानकारी गराएको थियो । साथै, सहयोगको आग्रहसमेत गरेको थियो । सांसद राईले भौति पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

dcf4 dfc1