धरान: २०४२ सालमा स्थापना भएको गोधुली क्लब धरानमा चर्चित छ । सामाजिक गतिविधिहरु पनि गर्ने यो क्लब बिशेष गरि फुटबलमा परिचित छ ।

क्लबले हरेक बर्ष अन्तर वडास्तरीय गोधुली रनिङ कप आयोजना गर्छ । यो प्रतियोगिता धरानको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो हो । गोधुली कपले धरानमा प्रतिभावान खेलाडीहरु जन्माएको छ । धरानका राष्ट्रिय खेलाडीहरु पनि यो प्रतियोगितामा सहभागिता हुनुले यसको महत्व प्रष्ट हुन्छ । यति लामो इतिहास बोकेको भएपनि यो क्लबको कार्यालय भने अहिलेसम्म कोठा भाडामा लिएर सञ्चालित छ । तर, अब भने क्लबले कार्यालयको लागि भाडा तिर्नुपर्ने छैन । godhuli-build

२०७७ सालभित्रै सिलान्यास गर्ने भनिएको गोधुली क्लबको मुख्य भवनको नक्सा ।

क्लबले धरान १७ स्थित चतरामार्ग, बीचघोपामा आफ्नै जग्गा खरीद गरेको छ भने अहिले तत्कालको लागि कार्यालयको सञ्चालन गर्ने भवन निर्माण शुरु गरेको छ । यो भवन अहिले कार्यालय सञ्चालन गर्ने उद्देश्यले बनेको हो भने भविष्यमा अर्को मुख्य भवन बनेपछि यसलाई स्टोरकोरुपमा प्रयोग गरिने क्लबले जनाएको छ । क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार मुख्य भवन पनि यही बर्ष(२०७७) सालभित्रै सिलान्यास गरेर निर्माण कार्य शुरु हुनेछ । ‘अहिले बनिरहेको भवन तत्कालको लागि कार्यालय सञ्चालन गर्न र मुख्य भवन निर्माणको सम्पर्क कार्यालय बनाउनको लागि हो,’उनले भने,‘२०४२ सालदेखि क्लब भाडामा छ, अहिले आफ्नै जग्गा पनि भएकोले तत्कालको लागि कार्यालय चलाउन र मुख्य भवन बनाउनको लागि सम्पर्क कार्यालय राख्न यो बनाउन थालेका हौं ।’

godhuli4

क्लबले २० लाख लागतमा आफ्नै नाममा जग्गा खरीद गरिसकेको छ । पुर्जामा अहिले पौने १५ धुर जग्गा छ भने अझै आधा धुर जग्गा थपिन बाँकी छ । उक्त जग्गामा क्लबले ३ तलाको भव्य भवन बनाउने योजना बनाएको छ । उक्त भवनको अनुमानित लागत स्टिमेट २ करोड ३० लाख छ । ‘भवनको लागि स्थानीय सरकार, प्रदेश ससकार, केन्द्र सरकार, गोधुली कपको नाफा, संस्थापक सदस्य, शुभेच्छुक, देशविदेशका दाताहरुबाट आर्थिक सहयोग जुटाएर बनाउने लक्ष्य छ,’उपाध्यक्ष केसीले भने,‘अहिले बनाउन लागेको भवन चै ४ लाख जतिमा बन्छ ।’ भवनको लागि स्थानीय सरकार, प्रदेश सरुकार, केन्द्र सरकरा, गोधुली रनिंग क्लबको नाफा, संस्थापक सदस्य, शुभेच्छुक, देशविदेशका दाताहरुबाट बनाउने लक्ष्य छ ।

युवाहरुले श्रमदान गर्दै

godhuli1

क्लबको कार्यालय भवन बनाउन हिजो आइतबारदेखि शुरु भएको हो । भवन निर्माणमा भने क्लबका सदस्यहरुले श्रमदान गरिरहेका छन् । उपाध्यक्ष केसीका अनुसार २ जना मात्र मिस्त्रिको खर्च हुन्छ, बाँकी युवाहरुले श्रमदान गरेका हुन् । ‘हामी नै १०, १५ जना खटेर श्रमदान गरिरहेका छौं, बिहान ७ बजेदखि बेलुकी ५ बजेसम्म काम गछौं,’उनले भने ।

godhuli2 godhuli3 godhuli5