विराटनगर: प्रदेश १ मा आज ९ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ३ पुरुष, १ महिलामा संक्रमण देखिएको छ भने मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताले बताए ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ७५ पुगेको छ । प्रदेश १ मा आज ८ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताए । प्रदेश १ मा आज सम्म ४१ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।