धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जना कोरोना संक्रमित पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएपछि उनलाई हिजो साँझ नै आइसोलेसनमा लगिएको प्रतिष्ठानले जनाएको छ । ‘हिजो रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा लगिसकेका छौं,’प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले भने । संक्रमित व्यक्तिको श्रीमति प्रतिष्ठानकी डाक्टर हुन् । उनी सेल्फ क्वारेन्टिनमा रहेका थिए ।