धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पछिल्लो २४ घण्टामा १४ जना नयाँ कोरोना संक्रमित भर्ना भएका छन् ।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार हाल प्रतिष्ठानमा ८८ जना पिसिआर पोजेटिभ व्यक्तिहरु उपचाररत रहेका छन् । यस्तै, प्रतिष्ठानबाट १ जना डिस्चार्ज भएका घर गएको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए । हालसम्म प्रतिष्ठानबाट डिस्चार्ज हुनेको कुल संख्या २८७ जना पुगेको छ । यस्तै, प्रतिष्ठानमा हालसम्म १६ हजार ४ सय २० पिसिआर परीक्षण भइसकेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।