धरान: धरान १७ रत्न चोक निवासी स्वर्गीय कुलबहादुर सेनेहाङ (जुङ्गे मामा)को स्मृतिमा उनको परिवारले क्षितिज टोलस्थित निम्न माध्यमिक विद्यालयको बास्केटवल कोर्टमा प्याराफिट निर्माण गरिदिएका छन् ।

सोही वडाको रत्न मार्गस्थित क्षितिज टोलमा रहेको विद्यालयमा निर्माण भएको प्याराफिट मंगलबार सेनेहाङ्गको परिवारले विद्यालयलाई हस्तान्तरण गरेको छ । परिवारले प्याराफिटलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर राई र प्रअ रवि भुजेललाई हस्तान्तरण गरेको छन् । स्वर्गीय सेनेहाङको परिचय सहितको हस्तान्तरण पत्र तयार गरी श्रीमती बेगमकुमारी, छोरी अनिता र गीता सेनेहाङले प्रदान गरेका थिए । हस्तान्तरण अघि प्याराफिटको उद्घाटन गरिएको थिायो । धरानको वडा नं १७ का वडाध्यक्ष मनोज भट्टराइ र वडा नं १८ का वडाध्यक्ष प्रविण राईले संयुक्त रुपमा प्याराफिटको पर्खालमा निर्मित स्व. सेनेहाङको शिलालेखको पर्दा उठाउनुका साथै माल्यार्पण गरि प्याराफिटको उद्घाटन गरिएको थियो । 

20200818_111804.psd

धरानका पुर्व विट्रिस गोर्खा सैनिक, विद्यालय र स्थानीयको सहकार्यमा २०४८ सालमा खेल मैदान निर्माण गरिएको थियो । बास्केटवल खेल र भलिवल खेल खेल्न मिल्ने गरि निर्माण गरिएको उक्त खेल मैदान तयार गर्न खेलाडीसमेत रहेका स्वर्गीय कुलवहादुर सेनिहाङ्ग लिम्वुको महत्वपुर्ण भुमिका रहेको थियो । जुङ्गे मामाको नामले स्थानीयमाझ परिचित उनको २०७६ फागुन ७ गते निधन भएको थियो ।

उनको स्मिृतिमा निर्माण गरिएको प्याराफिटको लम्वाइ ६० फिट, ११ फिट उचाई र १० फिट चौडाई रहेको छ भने दर्शकलाई बस्नको लागि दुई खुड्किलो बनाइएको छ । दुई लाख ५० हजार रुपैयाको लागतमा निर्माण भएको प्याराफिटको क्षमता करिव १ सय ५० जनाको रहेको छ । प्याराफिटमा टिनको छाना समेत लगाइएको छ । बुवा पहिलादेखि नै खेलकुदमा रूचि राख्ने साथै बुबाकै सक्रियतामा विद्यालयको बास्केटबल कोर्टको निर्माण भएकोले सम्झनामा दर्शक बस्ने प्याराफिट निर्माण गरिएको छोरी अनिताले बताइन् ।

20200818_105309.psd

कार्यक्रममा विद्यालय व्यस्थापन समितिका पुर्वअध्यक्ष नरबहादुर थापा, बास्केटबल खेल मैदानका पूर्व अध्यक्ष जगतबहादुर राई, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, होराइजन क्लबका सल्लाहकार भक्त राई, बास्केटबल कोर्ट निर्माणमा सहयोग पुर्याउने पूर्व विट्रिस गोर्खा सैनिकहरु लगायतको उपस्थिति रहेको थियो । उनीहरूले स्व. सेनेहाङको सम्झना स्वरूप उत्कृष्ट कार्य गरेको बताउँदै धन्यावाद दिएका थिए ।

पत्रकार पुरस्कारका लागी नगद सहयोग

प्याराफिट हस्तान्तरण कार्यक्रममा स्व. सेनेहाङको परीवारले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज सुनसरीको पुरस्कार कोषका लागी नगद सहयोग गरेका छन् । उनीहरूले परिवारको तर्फबाट १० हजार नगद सहयोग गरेका हुन् । सहयोग रकम नेपाल आदिवासि जनजाति पत्रकार महासंघ सुनसरी सचिव शिसिर राई र अग्रज पत्रकार तथा लेखक जनकऋिषि राईको हातमा प्रदान गरेका थिए ।

आदिवासी जनजाति पत्रकारहरूको लागी महासंघ आफैले कोष स्थापना गर्नका लागी अभियान चलाएकोमा निरन्तर रूपमा सहयोग प्राप्त भइरहेको फोनिज सुनसरीका सल्लाहकार जनकऋषि चाम्लिङले आफ्नो भनाइ राख्ने क्रममा जानकारी गराए । आजको सहयोग सहित विभिन्न दाताहरूबाट हालसम्म ४९ हजार रूपैँया संकलन भइसकेको उनले बताए ।
20200818_111824.psdIMG_0939.psd 20200818_104650.psd