झापा: झापाको मेचीनगर नगरपालिका १३ बाट ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका ५ का २७ बर्षीय पवन कुमार वसाक रहेका छन् । उनीहरुलाई मंगलवार राती सवा ७ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ । ब्राउनसुगरको ओसारपसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको टोलीले १२ ग्राम ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको हो ।

दुवै मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार रहेका थिए । दुबै जनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा उक्त परिणामको लागुऔषध बरामद भएको थियो ।पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।