धरान: धरान बास्केटबल संघको सिफारिसमा धरान १८ स्थित डिपो स्कुलले १५ जना विद्यार्थी खेलाडिहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।

संघले पाचौ बास्केटवल ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १५ जना विद्यार्थीलाई डिपो स्कुलमा छात्रवृत्तिको लागि सिफारिस गरेको हो । डिपोट स्कुलको सभाहलमा विहिवार एक कार्यक्रमको आयोजना गरि संघ, विद्यालय, छात्रवृति पाएका विद्यार्थी र अभिभावकबीच सम्झौता पत्रमा हस्ताक्षर गरि संघ र विद्यालयले संझौता पत्र आदान प्रदान गरेका थिए । संघको तर्फबाट संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा र विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमाल लिम्वले सम्झौता पत्र आदनप्रदान गरेका हुन । उक्त सम्झौता पत्रमा उल्लेख गरिए अनुसार ५ जनालाई ७५ प्रतिशत र १० जनालाई ५० प्रतिशत छात्रावृति डिपोट स्कुलले प्रदान गरेको छ ।

DSC_0741.psdjh

छात्रवृत्ति प्राप्त गर्ने खेलाडी विद्यार्थीहरुमा प्रिती राई, मिङ्सो लिम्बु, युद्ध लिम्बु, बिबेक राई, सितल तामाङ गरि ५ जनाले ७५ प्रतिशत छात्रवृति पाएका छन् भने आयुश राई, सरोज राई, मन्दिप राई, निहाल गजमेर, पौसन चौधरी, नानिम्मा राई, प्रियंका राई, जस्मिना लिम्बु, बिन्दिया राई र श्रेया सुनार गरि १० जनाले ५० प्रतिशत छात्रवृति प्राप्त गरेका छन् । छात्रवृति प्राप्त गर्ने प्रिति राई र सितल तामाङ प्रदेश १ महिला टिम सदस्य हुन् । उनीहरुले सम्झौता पत्रमा सम्झौता गरिएको बुँदाहरुमा सहमति जनाउँदै विद्यार्थी तथा विद्यार्थीका अविभावकहरुले समेत पत्रमा हस्ताक्षर गरेका थिए ।

संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा करिव एक महिना लामो ट्यालेण्ट हण्ट कार्यक्रम संपन्न भएको थियो । धरान १६ रंगशाला स्थित इन्डोर बास्केटवल कोर्टमा राखेपका प्रदेश १ मुख्य प्रशिक्षक बिकास चाम्लिङ राईको नेतृत्वमा हेमन्त राई, नविन राई, युगल लिम्वु, विराज लिम्वु, रन्जित लिम्वु, र सृजन आचार्यले प्रशिक्षण दिइएको थिए । विगतको समय देखि नै डिपोट स्कुलले खेल क्षेत्र र शिक्षा क्षेत्रमा लगानि गरे अुनुरुप सफलता पाउदै आइरहेको डिपो स्कुलका प्राचार्य राजकुमार राईले स्वागत मन्तव्यको क्रममा बताए । कार्यक्रममा प्राचार्य राईले डिपोट स्कुल कुनै नाफामुखी संस्था नभएर सामाजिक शैक्षिक संस्था रहेको जनाए ।

DSC_0751.psdjhj

एसइइ पश्चात कोभिडको महामारी बिच सामाजिक सुरक्षालाई अवलम्बन गर्दै ट्यालेण्ट हण्ट सफलता पुर्वक संपन्न गरिएको वास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामाले वताए । उनले सम्भावना बोकेका खेलाडी विद्यार्थीहरुलाई छात्रवृत्ति दिएकोमा डिपो स्कुलप्रति आभार पनि प्रकट गरे । संघले यसअघि ट्यालेन्ट हन्टका ७ जना विद्यार्थीलाई एम्स एकेडेमिमा छात्रवृत्ति प्रदान गरिसकेको छ । डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष श्रवणकुमार लिम्वुको अध्यक्षतामा संपन्न कायृक्रममा प्रमुख अतिथि १८ न. वडाध्यक्ष प्रविण राई, बास्केटवल संघ सचिव एवं प्रदेश १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राइ, कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।