धरान: करिब २ महिना अघि आगलागी भएको धरान ३ स्थित पालिका बजारका पीडितहरुलाई प्रदेश सरकारले राहत उपलब्ध गराएको छ ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्र्तगतको विपद व्यवस्थापन समितिले आगलागीबाट क्षति पुगेको ११ वटा पसल सञ्चालकहरुलाई बिहिबार राहत उपलब्ध गराएको छ । मन्त्रालयले राहत स्वरुप आगलागी पीडितहरुलाई जनही ३० हजारको दरले उपलब्ध गराएको वडा नं ३ का सदस्य विकास वनेपालीले जानकारी दिए । भानु सब्जी तथा फलफुल व्यवसायी समितिले एक कार्यक्रम आयोजना गरि पीडितहरुलाई बिहिबार राहत वितरण गरिएको थियो ।

राहत स्वरुप आएको चेक मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राईले समितिका अध्यक्ष राजेन्द्र दर्नाललाई एकमुष्टरुपमा हस्तान्तरण गरेका थिए । साथै, आगलागी पीडितहरुलाई प्रमुख अतिथि एवं उपमेयर मञ्जु भण्डारी, वडा सदस्य वनेपाली, नेकपा प्रदेश कमिटि सदस्य मुरारी सुवेदी, नेकपा धरानका अध्यक्ष नारायण सुवेदीलगायतले चेक हस्तान्तरण गरेका थिए ।rahat1

चेक एकमुष्टरुपमा हस्तान्तरण गर्दै मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव नवराज राई(बाँया) ।

राहत वितरण कार्यक्रमका एक मात्र वक्ता एवं मन्त्रालयका कार्यक्रम संयोजक रवि खनालले क्षति भएको हिसाबमा वितरण गरिएको राहत थोरै भएपनि सरकारले जनताको दुःखमा सदैव ‘क्षतिपूर्तिको हिसाबले त यहाँ धेरै क्षति भएको छ, तर त्यसमा केही थोरै मात्र सहयोग गर्न सकिन्छ कि भनेर केही रकम मन्त्री ज्युको अध्यक्षतामा बसेको विपद व्यवस्थापन समितिको राहत समितिले निर्णय गरेको होे,’उनले भने,‘सरकार सदैव जनताको साथमा रहेनछ ।’ धरान ३, चन्द्रपुर बजार(चीनीयाँ) चोकस्थित पालिका बजारमा साउन १२ गते बिहान आगलागी भएको थियो । आगलागीबाट कस्मेटिक, फलफुल, तरकारीलगायत ११ जनाको पसल पुर्णरुपमा जलेर क्षति पुगेको थियो । उक्त घटनामा साढे ६७ लाख बराबरको क्षति भएको भन्दै पीडितहरुले भानुसब्जी तथा फलफुल व्यवसायी समितिमा निवेदन दिएका थिए ।