धरान: शारीरिक सुगठन खेल र एथलेटिक्सको विकासमा महत्वपुर्ण योगदान पुर्याएका धरान १ निवासी राजभगत प्रधानाङ्गको निधन भएको छ ।

उनको उपचारको क्रममा आज दिउँसो विराटनगरस्थित अस्पतालमा निधन भएको हो । शारीरिक सुगठन र एथलेटिक्स खेलको विकासमा प्रधानाङ्गको अतुलनीय योगदान रहेको खेलकुदकर्मीहरु बताउँछन् । प्रधानाङ्ग २०३९ सालमा नेपालका स्ट्रङ्गेष्ट मेन भएका थिए भने मिस्टर धरानको पनि उपाधि जितेका थिए । प्रधानाङ्गको निधनले शारीरिक सुगठन खेलको क्षेत्रमा ठुलो क्षति पुगेको एलाइनेट जिमका अध्यक्ष बिक्रम लिम्बुले बताए । उनले भने,‘उहाँ हाम्रो, धरान र पुर्वाञ्चलकै अभिभावक हो । हामीले अभिभावक गुमाएको महशुस भइरहेको छ । ज्यादै दुःखद खबर सुन्नु पर्यो ।’

प्रधानाङ्गले धरान फिजिकल फिटनेस स्थापना गरेका थिए । धरानको अग्रणी फिटनेस सेन्टरमा यो पर्छ । उनी इन्टरनेशनल फेडरेशन अफ बडीबिल्डिङ एण्ड फिटनेस (एनएफबिएफ)को सल्लाहकार हुन् भने आइएफबिबिको अन्र्तराष्ट्रिय निर्णायक पनि हुन् ।

rajbha

rajbhagat-Mr-strongest