धरान: पुर्व एवं प्रदेश नं १ को प्रमुख पर्यटकीय गन्तव्य हो भेडेटार । सुनसरीको धरान उपमहानगरपालिका र धनकुटाको साँगुरीगढी गाउँपालिकाको सिमानामा अवस्थित छ चर्चित पर्यटकीयस्थल भेडेटार ।

पुर्व घुम्न आउने पर्यटकहरु भेडेटार नपुगि फर्कदैनन् । यहाँको प्रकृति तथा मौसम पर्यटकहरुलाई आकर्षित गर्ने प्रमुख बिशेषता हो । पछिल्लो समय साहसिक पर्यटन जिपलाइनले पनि पर्यटकहरुको चहल पहल बढाएको छ । लकडाउनले झण्डै ७ महिना थलापरेको पर्यटन अहिले विस्तारै तंग्रिने क्रममा छ । जिपलाइन पनि शुरु भइसकेको छ भने पर्यटकहरुको चहलपहल पनि भेडेटारमा बढेको छ ।

bhedetar5

यतिबेला भेडेटार बजार क्षेत्रमा सडक विस्तार भइरहेको छ । सडक डिभिजन कार्यालय धनकुटाले साँघुरो, अव्यवस्थित सडक र ड्रेनलाई केही फराकिलो, व्यवस्थित गर्ने योजना अघि बढाएको हो । सडक दुवै तर्फ ४ मिटर विस्तार भइरहेको होटल एशोसिएशन भेडेटारका अध्यक्ष एवं पर्यटनकर्मी जितेन्द्र रुम्दालीले बताए । उनका अनुसार अहिले पर्यटकहरु आउन थालेकाले व्यवसायीहरुले केही राहत पाएका छन् ।

bhedetar11

भेडेटार चोकमा थुप्रै पसलहरु छन् । भेडेटार घुमिसकेर फर्कने बेला पर्यटकहरु भेडेटार चोकमा सञ्चालित पसलहरुबाट कोसेली नबोकी फर्कदैनन् । ती पसलहरुमा हरियो सागसब्जी एवं तरकारी, फलफुलहरु बिक्रीमा हुन्छ । ती तरकारी एवं फलफुलहरु अर्गानिक उत्पादन हुन्छन् । अकबरे खुर्सानी, साग, स्कुस, करेला, टमटर, सिमिलगायत तरकारीहरु साँगुरीगढीकै नाम्जे, थुम्की, ओख्रे, डाँडाबजार क्षेत्रबाट आएको हुन्छ भने नरिवल बिस्कुट, छुर्पी र ललीपपलगायत धनकुटा, संखुवासभा, इलामलगायत जिल्लाबाट आएको हुन्छ । भेडेटार घुमीसकेर फर्कनेहरुको लागि यहाँ पाइने यिनै चिजहरु कोसेलीकोरुपमा पर्यटकहरुले लैजाने गरेका छन् । bhedetar2 bhedetar3 bhedetar6 bhedetar4 bhedetar1 bhedetar10 bhedetar9 bhedetar12 bhedetar7