धरान: दशैं, तिहार तथा छठ पर्वको अवसरमा धरानमा आयोजित दोस्रो सुम्निमा चोक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

धरान १४ स्थित पञ्चकन्या कभर्डहलमा हिजो शनिबार आयोजित प्रतियोगितामा मेन्स डबल्सतर्फ समुन जवेगु र रविन आङ्गखेवको जोडी विजेता भएको प्रथम भएको थियो । जवेगु र आङ्गखेवाको जोडीले फाइनलमा मणिराज राई र राजु लिम्बुको जोडीलाई सोझो सेटमा २१—१५ र २१—१८ को अकले हराएको थयो । यस्तै, मिक्स डब्बल्स तर्फबाट सुमन जवेगु र पुजा ताम्राकार जवेगुको जोडी विजयी भएका थिए । मिक्स डब्बल्सको फाइनलमा राम प्रसाद तुम्खेवा र प्रेमकला सम्बाहाङ्गफेको जोडीलाई जवेगु जोडीले २१—१५ अकले हराएको थियो ।

badmin

प्रतियोगितामा देवकुमार पारघरी र अनिल राईको जोडी तेस्रो भएको थियो । तेश्रो स्थानको लागि भएको खेलमा राम प्रसाद तुम्खेवा र कृष्ण लिम्बुको जोडीलाई उनीहरुले २१—१८ अकले हराएका थिए । प्रथम, दोश्रो र तेश्रो हुन सफल विजयी खेलाडीहरुलाई श्रीमति चित्रकुमारी पारघरीले नगद, मेडल र ट्रफी पुरस्कार प्रदान गरेकी थिइन् । प्रतियोगिताको संयोजक देवकुमार पारघरीले गरेका थिए । जसमा १४ जोडीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको लागि आर्थिक सहयोग धरान १३ सुम्निमा चोक घर भई हाल बेलायत बसोबास गर्दै आएका खेलप्रेमीहरुले गरेका थिए । कार्यक्रममा आर्थिक सहयोग दाताहरुलाई मायोको चिनोसमेत प्रदान गरिएको थियो ।

badmint badminton, 1