धरान: नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको आज लक्ष्मी पूजा । साँझ घरमा सबैले लक्ष्मीको पूजा गरिसकेका छन् ।

अधिकांश नेपालीहरुको घर फूलले सिंगारिएको छ । साँझ राती भने बत्तिको झिलिमिलीले घर उज्यालो देखिन्छ । सबैतिर झिलिमिली भएको छ । हुन त यसपाली कोरोना कहरले गर्दा तिहार विगतमा जस्तो उमंग छैन । विगतमा जस्तो खुशी र उल्लासपुर्ण तरिकाले तिहार मनाउने परिस्थिति पनि छैन । धरानमै पनि कोरोना संक्रमण बढीरहेको छ, भने संक्रमणबाट मृत्यु हुनेको संख्या पनि जिल्लामै धेरै छ । प्रशासनले विगतमा जस्तो देउसी भैलो नखेल्न निषेधाज्ञा नै जारी गरिसकेको छ ।

भिडियो:

यसपाली धरानमा पनि विगतमा जस्तो रौनक तिहारमा छैन । विगतमा शोक परेको घरबाहेक घरमा झिलिमिली हुन्थ्यो । यसपाली भने बजार क्षेत्रमै पनि त्यस्तो देखिएन । बिषम परिस्थिति तथा मृतकको संख्या बढीरहेकोले कतिपय धरानेहरुले सामाजिक सञ्जाल फेसबुकमै यसपाली झिलिमिली नलगाउने निर्णय गरेको पोष्ट पनि गरिरहेका थिए । यसपाली चाडपर्वलाई सचेत हुदै संक्रमणबाट जोगिदै मनाउनुपर्नेछ । तिहारको सबैलाई शुभकामना !

jhilimile11

jhilimile10 jhilimile12 jhilimile13 jhilimile15 jhilimile14 jhilimile18 jhilimile16 jhilimile17 jhilimile19 10 1