धरान: हातेमालो फाउण्डेशन र नेपाल फोटो पत्रकार महासंघ सुनसरीबीच मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ ।

फाउण्डेसनको आयोजनामा स्वास्थ्य रहनको लागि खेलकुदको आवश्यकतालाई ध्यान दिदै स्वास्थ्य सुुरक्षा अपनाएर मैत्रीपुर्ण खेल भएको हो । कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनले सबै क्षेत्र थलिएको अवस्थामा हाल सरकारले खेलकुदलाई खुल्ला गरेपछि यो मैत्रीपुर्ण खेल भएको हो । हातेमालो फाउण्डेशनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर तथा धराने डाक्टरहरुले स्थापना गरेको हो । फाउण्डेशनले तिहारको अवसरमा शुभकामना आदनप्रदान गर्दै यो मैत्रीपुर्ण खेल गरिएको फाउण्डेशनका सचिव तथा प्रतिष्ठानका पब्लिक हेल्थका चिकित्सक डा. प्रज्वल गजुरेलले बताए । 'खेलकुदले हाम्रो स्वास्थ्यलाई स्वस्थ रहनु निकै सहयोग गर्ने भएकोले पनि आयोजना गरिएको हो,'डा. गजुरेलले भने ।

चाड पर्व सामाजिक दुरी कायम गरेर आ–आफ्नो घरमा मनाऔँ भन्ने सन्देश दिने उद्देश्यले खेल आयोजना भएको नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश चाम्लिङले बताए । उनले फाउण्डेशनलाई धन्यवाद पनि दिदै सामाजिक सुरक्षाको नियम पालना गरि तिहार मनाउन आग्रह पनि गरे ।
मैत्रीपुर्ण खेल नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानका अध्यक्ष कमल भट्टराईको विशेष पहलमा आयोजना भएको थियो । उक्त खेलमा नेपालीहरुको महान चाड तिहार र छठको शुभकामना आदनप्रदान कार्यक्रम पनि भएको थियो । मैत्रीपुर्ण खेलमा फाउण्डेशनले फोटोपत्रकार महासंघलाई १५ १४ गोलअन्तरले हराएको थियो ।