धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ताप्लेजुङको घुन्सामा तीन घण्टा समय बिताए । प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, पर्यटनमन्त्री योगेश भट्टराई, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालगायत पनि घुन्सा पुगेका थिए ।

प्रधानमन्त्री ओलीले फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा स्थापना भएको सामुदायिक स्वास्थ्य एकाइ भवनको सोमबार उद्घाटन पनि गरे । प्रधानमन्त्री पत्नी राधिका शाक्यले ज्येष्ठ नागरिक तथा वृद्धवृद्धालाई न्यानो कपडासमेत वितरण गरेकी थिइन् । प्रधानमन्त्रीले स्थानीय मौलिक उत्पादनको अवलोकन पनि गरेका थिए । घुन्सा पछि प्रधानमन्त्री इलामको जौबारी पनि पुग्ने कार्यक्रम थियो, तर मौषम खराबीको कारण प्रधानमन्त्रीसहितको टोली विराटनगर हुँदै राजधानी फर्केका थिए । प्रधानमन्त्री ओली करिब ३ घण्टा घुन्सामा रहदाको तस्बिरहरु:
तस्बिर स्रोत: प्रधानमन्त्रीको प्रेस सल्लाहकार

ghunsa ghunsa2 ghunsa5 ghunsa3 ghunsa4 ghunsa6 ghunsa7 ghunsa9 ghunsa8 ghunsa10 ghunsa11 ghunsaa