धरान: फण्ड राइजिङ गल्फ टुर्नामेन्टमा भीम दाहाल विजेता भएका छन् ।

पार ७० को धरान गल्फ कोर्षमा सम्पन्न प्रतियोगितामा १७ ह्याण्डीक्याप खेलाडी एसपी दाहालले ३ अण्डर ६७ स्कोर गर्दै विजेता बनेका हुन् । विजेता दाहालको घर धरान १३ हो । उनी नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एसपी) हुन् । हाल उनी उदयपुर जिल्लामा जिल्ला प्रहरी प्रमुखकोरुपमा रहेका छन् ।

यस्तै, प्रतियोगितामा १५ ह्याण्डीक्याप खेलाडी काजी तुम्बापो २ अण्डर ६८ स्कोर गर्दै उपविजेता भए । यस्तै, १३ ह्याण्डीक्याप खेलाडी हेमन्त थापाले १ ओभर ७१ स्कोर गर्दै तेस्रो भएका थिए । प्रतियोगितामा २ ह्याण्डीक्याप खेलाडी योगेश राई ४ ओभर खेल्दै ग्रस विजेता भए भने ४ ह्याण्डीक्याप खेलाडी राम तामाङ ७ ओभर खेल्दै ग्रासतर्फ उपविजेता भए । यस्तै, ४ ह्याण्डीक्याप खेलाडी राजकुमार राई ९ ओभर खेल्दै तेस्रो भए ।
golf1

महिलातर्फ सुमित्रा लिम्बु विजेता भइन् भने जुनियर तर्फ दिपेश श्रेष्ठ विजेता भए । नेयरेष्ट टु दि पिन सुयेश प्याकुरेल १७ नम्बर ग्रीनमा विजेता बने भने लङेष्ट ड्राईभको विजेता रुपेन गुरुङ्ग (१८ नम्बर होल) विजेता भए । पुर्व ब्रीटिस आर्मी तथा सिङापुर पुलिस फोर्सको आयोजना तथा प्रायेजनमा प्रतियोगिता शनिबार भएको थियो ।