मैत्रीपुर्ण फुटसलमा फोटो पत्रकारको टिम विजयी

  • प्रकाशित: पुष २०, २०७७ / 241 पटक पढिएको
  • क्लिक धरान
alt

धरान: यही पुस २३ र २४ गते हुन लागेको प्रथम खुल्ला फुटसल प्रतियोगिता प्रचारको लागि आयोजित मैत्रीपुर्ण खेलमा नेपाल फोटो पत्रकार महासंघ सुनसरी विजयी भएको छ ।

धरान १० स्थित धरान फुटसलमा सोमबार भएको मैत्रीपुर्ण खेलमा फोटो पत्रकार टिमले आयोजक धरान १३ स्थित संजीवनी पुर्नस्थापना केन्द्रको टिमलाई १७–१३ गोल अन्तरले हराउदै विजयी भएको हो । खेलको विजेता तथा उपविजेता टिमलाई मेडल, प्रमाण पत्र र ट्रफी प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवं पुर्व राष्ट्रिय फुटवल खेलाडी इन्दु रसाइली र केन्द्रका अध्यक्ष सम्पुर्ण ताम्रकारले पुरस्कार वितरण गरेका थिए । खेलको म्यान अफ द म्याच फोटो पत्रकार महासंघ, सुनसरीका अध्यक्ष तथा टिम क्याप्टेन विकास चाम्लिङ घोषित भएका थिए । उनलाई प्रमुख अतिथि रसाइलीले मेडल प्रदान गरेका छन् ।

sanjiwani2

दुई दिने फुटसल प्रतियोगितामा प्रदेश १ र काठमाण्डौको एक टिम सहित ३२ टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजार रुपैया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ट खेलाडी र गोलकिपरले पनि नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि, केन्द्रले सोमबार नै फुटसल अगाडिको वाटोमा जेव्रा क्रस बनाइदिएको छ । तिन तिरबाट वाटो जोडिने स्थानमा तिन वटा जेव्रा क्रस निर्माण गरिएको केन्द्रले जनाएको छ ।sanjiwani4 sanjiwani3sanjiwani 1

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित