मन्त्री कार्कीद्वारा फ्लड लाइटको अनुगमन

  • प्रकाशित: पुष २१, २०७७ / 411 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: प्रदेश १ का सामाजिक विकास एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले शहिद मैदान विराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गरेका छन् ।

फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले आज अनुगमन गरेका हुन् । लाईट जडानमा गुणस्तरिय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशनसमेत दिए । शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको मन्त्री कार्कीले अनुगमन गरेका थिए । अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताए ।

अनुगमनका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृया पनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराएका थिए । फ्लड लाइट जडानका लागि गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनवीच सम्झौता भएको तियो । २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिए पनि कोरोनाका कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सनले जनाएको छ ।

मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो । चार कुनमा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्व हुने कार्की बन्धु अमर जेभीले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित