धरान: फोकस १६ क्लवले वडाध्यक्ष कप फुटवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

क्लबको आयोजनामा माघ ४ गतेदेखि १० गतेसम्म धरान १६ स्थित रंगशालामा वडाको चोकस्तरीय क्लवहरुको सहभागितामा प्रतियोगिता आयोजना हुन लागेको हो । वडाभित्रका क्लवहरुलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न तथा खेलाडीहरुलाई स्तरोन्नतीको लागि प्रतियोगिता आयोजना गर्न लागेको क्लवका अध्यक्ष डिल्ली बहादुर भुजेलले वताए ।

फुटवल प्रतियोगितामा वडा भित्रका १६ वटा चोकस्तरीय टिमको सहभागीता रहेको छ । क्लवका सचिव उमेश जिमीका अनुसार प्रतियोगितामा जोरसखुवा क्लव, योड.व्याइज युनियन क्लव, प्रगतिमार्ग क्लव, सुम्निमा फुटवल क्लब, भगवति मार्ग फुटवल क्लव, व्रोर्दश युनाईटेड क्लव, क्रन्च क्लव रहेका छन् ।यस्तै, अन्य क्लवहरुमा डाङ डुङ डा क्लव, वेभ फुटवल क्लव, सिलोनसिल फुटवल क्लव, मुस्कान फुटवल क्लव, चिन्ताङ फुटवल क्लव, लेखनाथ चोक फुटवल क्लव, भेट्रान फुटवल क्लव, खरानी फुटवल क्लव र फोकस १६ क्लव सहभागी रहेका छन् ।

खेलक्षेत्रको माध्यमबाट युवाहरुलाई अगाडी वढाउन र धरानलाई खेलकुदको शहर उपनामले पहिचान गराउन खेलले मद्धत पुग्ने वडाध्यक्ष दिलकुमार गिरीले वताए । खेल क्षेत्रको प्रोत्साहनको लागि वडाले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरेकाछन् । प्रतियोगितामा प्रथम हुनेले १५ हजार नगद टफि प्राप्त गर्नेछन भने दोस्रो हुनेले नगद ७ हजार र टफि हात पार्ने आयोजकले जनाएको छ ।