धरान: धरान उपमहानगरपालिकाको आयोजनामा आगामी फागुन दोस्रो सातादेखि फुटबल ग्रासरुट ट्रेनिङ हुने भएको छ ।

धरान १६ स्थित रहेको रंगशालमा फागुन १५ गतेदेखि प्रत्येक शनिबार ट्रेनिङ हुने भएको हो । ट्रेनिङ १२ वर्ष मुनिका बालबालिकाहरुलाई दिईने भएको उपमहानगरले जनाएको छ । आज धरान उपमहानगरमा एक कार्यक्रमको आयोजना गर्दै नगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी सुवेदी, खेलकुद संयोजक सुवास राई र कर्मचारीसहितको टोलीले खेलकुद सामाग्री फुटबल प्रशिक्षक अर्जुन राईलाई हस्तान्तरण गरेको छ ।

उपमहानगरपालिकाले फुटबल ३० थान, मार्कर ८० थान, कोण (सानो ठूलो) ४० थान, हडल्स २० थान, ब्लाडर २ थान, बिफ ३० थान र पोल स्ट्याण्ड ८ थान खेलकुद सामाग्री हस्तान्तरण गरेको हो । फुटबल प्रशिक्षक अर्जुन राईले सिक्न चाहने बालबालिकाहरुले निःशुल्क ग्रास ट्रेनिङमा सहभागी हुन पाउने बताए ।