धरान: सरस्वती पुजाको अवसर पारेर आज धरानका युवाहरुले अनलाइन व्यापार ‘सप अर्डर सञ्चालनमा ल्याएका छन् ।

धरान–१५ स्थित भानुमार्गमा सञ्चालनमा ल्याइएको सप अर्डरको धरानका नगर प्रमुख तिलक राईले आज एक कार्यक्रमबीच उद्घाटन गरे । रिवन काटेर उदघाटन गरिएको अनलाइन सपमा नगर प्रमुख राईले ल्यापटपबाट राजनीतिक पुस्तकको अर्डर गरेर लिएका थिए । उद्घाटनको क्रममा बोल्दै नगर प्रमुख राईले मानिसहरुको व्यस्त जिवनमा यस्ता अनलाइन सप सञ्चालनमा आउनु नगरबासीको लागि खुशीको कुरा भएको बताए । तर, उनले विश्वसनियता हुनुपर्ने खाँचो पनि औल्याए । उनले भने, ‘तपाईहरुले राम्रो कामको सुरुवात गर्नुभयो, तर विश्वासिलो सेवा प्रवाह गर्नुपर्छ । तपाइहरु आफै जवाफदेही पनि बन्नुपर्छ ।’

shop 1

उनले यो कामलाई विश्वसनीय बनाउन नगरको तर्फबाट चाहेको सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए । यस्तै, कार्यक्रममा सुनसरी जिल्ला बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले राज्यले युवाहरुलाई स्वरोजगार बनाउन नसकिरहेको बेला आफ्नै लगानीमा सेवा प्रवाह गदै रोजगारी सिर्जना गर्नु प्रशंसनीय कार्य भएको बताए । सप अर्डर प्रालिका अध्यक्ष सुमन लिम्बुले घरैमा पुगेर सेवा पु¥याउने उद्देश्यले सप अर्डर सञ्चालनमा ल्याएको बताए । उनका अनुसार प्रालिले दैनिक उपभोग्य बस्तु, तरकारीजन्य बस्तु, लताकपडा, फुड आइटम, विभिन्न इलक्ट्रोनिक्स आइटमलगायत सबै सामानहरुको अर्डर गर्न सकिनेछ ।

shop1

उद्घाटन भएको दिनदेखि १ महिनासम्म हरियो तरकारी, फलफुल र किराना आइटममा निःशुल्क डेलिभरि सेवा दिने प्रालिले जनाएको छ । यस्तै, फुड आइटममा एक सातासम्म १० प्रतिशत छुटको व्यवस्था हुनेछ भने एक सातासम्म सेवा लिने ग्राहकहरुलाई लक्की ड्र कुपन दिएर ३ जना विजेतालाई बिशेष उपहार दिइने पनि अध्यक्ष लिम्बुले बताए । विहान ८ बजेदेखी साँझ ७ बजेसम्म फोन, इन्ष्टाग्राम र वेभसाइटबाट सामान अर्डर गर्न सकिने प्रालिले जनाएको छ । प्रालिले २ सय रुपैयासम्मको अर्डर लिने र भानुचोकदेखि ५ किलोमिटर क्षेत्रमा २५ रुपैया डेलिभरि शुल्क लिनेछ । त्यसबाहेक दुरी अनुसार ४० देखि १५० सम्म पनि शुल्क लिने अध्यक्ष लिम्बूले बताए । धरानसँगै तरहरा, इटहरी, यांगशिला, सतिसाल, चतरा, चक्रघट्टीसम्म सेवा दिने प्रालिले जनाएको छ ।