इटहरी: बिराटचौक भेटान क्लबले एक नम्बर प्रदेश स्तरिय भेटान कप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

इटहरी ५ पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा आज भएको फाइनल खेलमा आयोजक हाम्रो इटहरी भेटान क्लबलाई  ३–१ को गोलअन्तरले पराजित गर्दै बिराटचौकले उपाधी जितेको हो । बिजेता बिराटचौक भेटानले नगद ५१ ह्जार सहित शिल्ड पाएको छ भने उपबिजेता आयोजक इटहरी भेटानले ३१ ह्जारमा चित्त बुझाएको छ ।

बिजेता टिमको तर्फबाट श्याम तामांग र रमेश गुरुंगले एक एक गोल गरेभने अर्को एक गोल आत्माघाती गोल उपहार पाएको थियो । पराजित आयोजकका तर्फबाट लिलाराम थापामगरले १ गोल गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी बिराटचौक भेटानका प्रवेश कटुवाल घोषित भए । उनले नगद ५ हजार १ सय र टफी पाए ।

प्रतियोगिताको म्यानअफद फाइनल बिराटचौक भेटानका श्याम कुमार तामांग र रमेश गुरुंग उत्कृष्ट फरवार्ड घोषित भए । बेष्ट गोलकिपर आयोजकका रुपक गुरुगं, डिफेन्स सन्तोष बस्नेत, मिडफिल्डर निर्मल तामांग र हाइस्कोरर लिलाराम मगर घोषित भए । उनीहरु सबैले जनही २ हजार १ सय रुपैया पुरस्कार पाए ।

बिजेता तथा उपबिजेता टिमलाई इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीम पौडेल, एन्फा केन्द्रिय सदस्य दिपक राइ, सुनसरी अध्यक्ष केशव कार्की लगायले पुरस्कार बितरण गरे । फागुन १३ गतेदेखी सुरु भएको प्रतियोगितामा झापा, मोरंग, सुनसरी, उदयपुर र धनकुटाका गरी १२ वटा टिमको सहभागिता रहेको थियो ।