धरान: २१ औं गोधुली टुबोर्ग फुटबल रनिङ कपमा वडा नं ८ ले विजयी शुरुवात गरेको छ ।

आज आइतबार धरान १६ स्थित रंगशालामा भएको खेलमा वडा नं ३ लाई ६ ० को विशाल गोलअन्तरले हराउदै वडा नं ८ विजयी भएको हो । वडा नं ८ को जितमा प्रजिन राईले ह्याट्रिक गरे भने लक्ष्मी लिम्बू , सबिन मगर र सुरज राईले १ १ गोल गरे । खेलको म्यान अफ दि म्याच वडा ८ का प्रजिन राई घोषित भए । उनले नगद १५ सय पुरस्कार पाए । प्रतियोगितामा भोली सोमबार वडा न. १३ र वडा नं ४ बीच खेल हुने आयोजक गोधुली क्लबले जनाएको छ ।