धरान: धरानको साहित्य, कला तथा सँस्कृतिको उत्थान एवं विकास गर्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले धरानमा दुई दिने अन्र्तराष्ट्रिय साहित्यिक तथा साँस्कृतिक महोत्सव शुरु भएको छ ।

धरान उपमहानगरपालिकाको १३ नम्बर वडाको कार्यालय आयोजक रहेको महोत्सवमा नेपाल र भारतका कवि, साहित्यकारहरु सहभागी छन् । वडा १३ स्थित धरान बैक्वेटमा आयोजित महोत्सव नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा उद्घाटन भएको हो । महोत्सव उद्घाटन अघि छाताचोकबाट नेपाल तथा भारतबाट सहभागी हुन आएका साहित्यकारहरुलाई भव्य स्वागत गरिएको थियो । उनीहरुलाई स्वागत गरि कार्यक्रमस्थलसम्म र्याली निकालिएको थियो ।

sahita3

कार्यक्रममा डा.भीम खतिवडाले नेपाली साहित्यमा धरानको योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, भारतबाट आएका साहित्यकार नरबहादुर दाहालले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्यकार एवं रंगकर्मी गोपाल देवान(अविराम क्रान्ति)द्धारा लिखित नाटक दमनको रापको विमोचन गरिएको थियो । नेपाल र भारतका कविहरुले कविता वाचन गरेका थिए । कार्यक्रममा नेपाल र भारतका ४ जना साहित्यकारहरुलाई सम्मान पनि गरिएको थियो । आयोजक मुल कमिटीका सदस्य सचिव विष्णु चौलागाईका अनुसार भारत कालेबुङका नरबहादुर दाहाल र भारत खर्साङका कृष्ण प्रधानलाई प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्यमा पुर्याएको बिशिष्ट योगदानको सम्मान गरिएको हो । 

यस्तै, लोक वाद्यको संरक्षणमा योगदान पुर्याएका झापाको दमक निवासी मातृका संग्रौला र शिवसताक्षी ५ झापाकी भगवती ढुंगेललाई पनि साहित्यमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक मुल समितिको भनाई छ । महोत्सवमा साँझ गजलको महफिल पनि जमिरहेको छ । नेपाल, भारतका गजलकारहरुले आफ्ना गजलहरु वाचन गरिरहेका छन् । यस्तै, गरिमा डान्स सेन्टरले नृत्य पनि प्रस्तुत गरिरहेको छ । कार्यक्रमको दोस्रो तथा अन्तिम दिन शनिबार बिहान धार्मिक पर्यटकीयस्थलहरुको अवलोकन भ्रमण कार्यक्रम हुनेछ भने दिउँसो गजल वाचन, नाटक मञ्चनलगायत कार्यक्रमहरु हुने मुल आयोजक समिति संयोजक वम देवानले जानकारी दिए । 

sahita2

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले निर्वाचित भएर आइसके पछि भौतिक विकास निर्माणमा मात्र नभै बौद्धिक विकास पनि आवश्यक भएकोले आफ्नो वडामा कोही फरक काम गर्न प्रयास गरेको बताए । उनले भने,‘बाटो बनाउने, ड्रेन बनाउने कामतिर मात्र केन्द्रीत रह्यौं । तर मैले केही फरक काम गर्न खोजेको छुँ । भोतिक विकाससँगै बौद्धिक विकास चाहिन्छ, र मात्र समग्र राष्ट्र विकास हुन्छ भन्ने मान्यताले अघि बढेको हुँ । यो श्रष्टाहरुको सम्मान पनि हो,’उनले भने ।भाषाविद् डा.टंक न्यौपानेले एउटा वडाले अन्तर्राष्ट्रियस्तरको साहित्यिक महोत्सव कार्यक्रम गर्नु ठुलो कार्य भएको भन्दै वडाअध्यक्षको प्रशंसा गरे ।

sahita7sahitya8sahita6sahita8sahita5sahita4sahitasahita1 1