धरन: प्रदेशस्तरीय वराह ग्रुप बास्केटवल प्रतियोगिताको फाइनलमा पुरुषतर्फ डिपो कलेज र महेन्द्र बहुमुखी क्याम्पस प्रवेश गरेको छ । महिलातर्फ भने डिपो र विष्णु मेमोरियल प्रवेश गरेको छ । 

धरान १२ स्थित धरान मेघा कलेजको बास्केटवल कोर्टमा बुधबार भएको पुरुषतर्फको सेमीफाइनल खेलमा डिपो स्कुलले सियोन स्कुललाई ५१–२५ स्कोरले हराउदै फाइनल यात्रा तय गरेको हो । डिपो स्कुल र सियोनबीचको प्रत्यके क्वार्टरमा २–१०, १०–१५, ८–१० र ५–१६ स्कोर भएको थियो । 

यस्तै, महेन्द्रले विकेभिएम विराटनगरलाई ५०–४५ अंकको अन्तरले पराजित गर्दै फाइनलमा डिपोसँगको भेट पक्का गरेको हो । महेन्द्र कलेज र विकेभिएमले १९–४,१२–१९,१०–१५ र ९–७ जोडेका थिए ।

महिलातर्फ भने डिपोले सियोन स्कुललाई २८–१४ स्कोरले हराउदै फाइनल पुगेको छ भने विष्णु मेमोरियलले केन्द्रीय प्रविधि क्याम्पस हातिसारलाई ९–११ अंकले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । 

20210317_162927.psd

महिला तर्फ डिपो र सियोन स्कुलबीचको खेलमा ८– ३, १२– ७, ५–० र ३– ४ स्कोर भएको थियो भने विष्णु मेमोरियल र केन्द्रीय प्रविधिबीचको खेलमा ४– २, २–१, २–४ र १–४ स्कोर भएको थियो । शुक्रवार हुने फाइनल खेलमा पुरुष तर्फ डिपो कलेज र महेन्द्रबीच खेल हुनेछ भने महिलातर्फको फाइनल खेलमा डिपो कलेज र विष्णु मेमोरियलबीच हुनेछ ।

विजेता टिमले पुरुष तर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिलातर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगीताका उत्कृष्ट खेलाडिले नगद २ हजार , हाइ स्कोररले नगद १ हजार रुपैया र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । 

प्रतियोगिताको फाइनले खेल अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन समेत हुने आयोजकले जनाएको छ । नेपालका चर्चित गायक तथा धरानका पुर्व बास्केटवल खेलाडी प्रकाश पौडेलको सहयोगमा थी्र पोइन्ट कम्पिटिसन हुन लागेका हुन । महिला र पुरुषको  छुट्टै प्रतिश्पर्धा गराईने कम्पिटिसनमा विजेताले जनहि नगद ३ हजार रुपैया, ट्रफि र मेडल प्राप्त गर्नेछ ।