धरान: २१ औं गोलुधी रनिङ कपको शनिबार सम्पन्न फाइनलमा उपाधिको दाबेदार टोली धरान वडा नं १६ लाई टाइब्रेकरमा स्तब्ध बनाउदै वडा नं १४ च्याम्पियन बन्यो । गोधुली कपको फाइनल पहिलो पटक खेलेको वडा १४ ले पहिलो प्रयासमा नै उपाधि जित्यो । 

उपाधि जित्दाको खुशी त थियो नै, पुरस्कार वितरण समारोहमा थप खुशी दिलायो । आयोजक गोधुली क्लबले दिने भनेको पुरस्कार राशीमा २५ हजार थप गरिएको घोषणा गरिएको थियो । यो पुरस्कार राशी वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले थपिदिएका थिए । उनले विजेता र उपविजेता दुवै टोलीलाई २५–२५ हजार नगद पुरस्कार थप गरिदिएका थिए ।

विजेता वडा १४ ले कुल १ लाख ३६ हजार १ सय ११ रुपैया र च्याम्पियन ट्रफी हात पार्यो भने उपविजेता वडा १६ ले कुल ८० हजार ५ सय ५५ रुपैय हात पार्यो । यसअघि आयोजक क्लबले विजेतालाई १ लाख ११ हजार १ सय ११ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैया मात्र नगद पुरस्कार दिने घोषणा गरेको थियो । 

गोलकिपरको त्यो गल्ती !

godhuli5 2

निर्धारित समयको खेलमा पहिलो हाफको १३ मिनेटमै वडा नं १६ का शैलेन्द्र नेपालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ३१ औं मिनेटमा ह्याण्ड वल भएपछि वडा १४ ले पेनाल्टी अवसर पायो, र विवेक राईले गोल गर्दै खेल बराबरी बनाए । 

दोस्रो हाफको ५८ औं मिनेटमा वडा नं १६ का मन्दिप बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा २–१ ले अग्रता लिएको अवस्थामा वडा नं १६ जित नजिक पुगेको थियो । कुल ८० मिनेटको निर्धारित समयको खेल सकिन लागेको थियो । मात्र ४ मिनेट समय बाँकी रहदा वडा नं १४ ले फ्रिकिक पायो । खेलाडी नाहिर श्रेष्ठले फ्रिकिक प्रहार गरे । उनको प्रहार गोलकिपरले सहजै समात्न खोजेका थिए, तर उनको हातबाट वल फुत्किएर जाली चुम्यो । गोलकिपरको यो गल्तीले निर्धारित समयको खेल बराबरी भयो, र अतिरिक्त समयतर्फ धकेलियो ।

godhuli25

निर्धारित समयको खेलमा पनि दुवै टिमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट खेलको छिनोफानो भएको हो । टाइब्रेकरमा वडा नं १४ का मिन श्रेष्ठ गोल गर्न असफल भए पनि विवेक राई, सन्दिप राई, सुशन तामाङ र नाहिर श्रेष्ठले गोल गर्दै टिमलाई च्याम्पियन बनाए । उता, वडा १६ का अमिर श्रेष्ठ, सरोज लकान्द्री र लकेन लिम्बु गोल गर्न सफल भएपनि खुशीमान लिम्बु र सविन राई गोल गर्न चुके ।

सर्वोत्कृष्ट खेलाडी वडा नं १४ का विवेक

godhuli10

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी वडा नं १४ का विवेक राई घोषित भए । उनले नगद ११ हजार हात पारे । यस्तै, उत्कृष्ट कोचमा वडा नं १४ का पर्वत राई, वेष्ट डिफेन्समा वडा नं १४ का आशिष पुरी, वेष्ट मिडफिल्डमा वडा नं १६ का लकेन लिम्बु, वेष्ट स्ट्राइकरमा वडा नं १६ का मन्दिप बस्नेत र वेष्ट गोलकिपर वडा नं १४ का राजिव खड्का घोषित भए । उनीहरुले जनही नगद ५ हजार हात पारे ।

प्रतियोगिताभरि ५ गोल गरेका वडा नं ८ का प्रविन राईले हाइस्कोरर पुरस्कार ७ हजार ५ सय थापे भने फाइनल खेलको म्यान अफ दि म्याच वडा नं १४ का नाहिर श्रेष्ठ घोषित हुँदै नगद ५ हजार पाए । फेयर प्ले टिमको पुरस्कार वडा नं २० घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, वडा नं १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा नं ११ का अध्यक्ष बाबुलाल लामालगायतले पुरस्कार वितरण गरेका थिए । godhuli4 2godhuli6 1godhuli7 1godhuli11godhuli9godhuli13godhuli8godhuli14godhuli15godhuli17godhuli20godhuli19godhuli23godhuli18godhuli24godhuli16godhuli22godhuli21