धरान: धरानका युवा गल्फर शुक्रबहादुर राई पोखरामा सम्पन्न सुर्य नेपाल वेष्टर्न ओपन २०२१ को पनि च्याम्पियन भएका छन् । 

पोखराको पार ६९ को गल्फ कोर्षमा आज सम्पन्न प्रतियोगितामा कुल ६ अण्डर २०१ स्कोरको कार्ड बनाउदै शुक्र च्याम्पियन भएका हुन् । उनले अन्तिम दिन आज २ अण्डर ६७ स्कोर खेलेका थिए । पहिलो दिन १ अण्डर ६८ को कार्ड बनाएका शुक्रले दोस्रो दिन ३ अण्डर ६६ को कार्ड बनाएका थिए । च्याम्पियन ट्रफीसँगै शुक्रले नगद १ लाख ३० हजार पनि हात पारेका छन् ।

धरान १९ घर भएका २४ बर्षीय गल्फर शुक्रले दुई साताको अन्तरमा जितेको यो दोस्रो उपाधि हो । यसअघि यही चैत १३ गते धरानमा सम्पन्न भएको पहिलो धरान ओपन गल्फ प्रतियोगितामा पनि उनी च्याम्पियन भएका थिए । 

golf

प्रतियोगितामा कुल लेभल पार २०७ स्कोर गरेका सञ्जय लामा र भुवन नगरकोटी संयुक्तरुपमा दोस्रो स्थानमा रहे । दुवैले जनही नगद ७२ हजार रुपैया हात पारे । यस्तै, ७ ओभर २१४ स्कोर गरेका बलबहादुर राई चौथो हुँदै नगद ५० हजार जिते भने १६ ओभर २१७ स्कोर खेल्दै पाँचौं स्थान भएका विनोद तामाङले नगद ४२ हजार हात पारे ।

प्रतियोगितामा एमेच्योरतर्फ कुल १ अण्डर २०६ स्कोर गर्दै सुवास तामाङ च्याम्पियन भए । उनले आज लेभल पार ६९ स्कोर गरे भने पहिलो दिन १ ओभर ७० र दोस्रो दिन २ अण्डर ६७ स्कोर गरेका थिए । 

golf2

golf3

golf4