धरान: छैटौ इन्द्र बराह स्मृति एमेच्योर गल्फ खुल्ला गल्फ प्रतियोगिताको उपाधि नयन राईले जितेका छन् । 

पार ७० को धरान गल्फ कोर्षमा शनिबार सम्पन्न प्रतियोगितामा ५ अण्डर ६५ स्कोर गर्दै राईले उपाधि जितेका हुन् । उनी १६ ह्याण्डीक्याप खेलाडी हुन् । विजेता भएपछि उनको ३ ह्याण्डीक्याप घटेर १३ मा सिमित भएको छ । जितसँगै उनले च्याम्पियन ट्रफी र १५ हजार बराबरको बराह डिपार्टमेन्ट स्टोरको गिफ्ट भौचर पनि पाएका छन् । 

प्रतियोगितामा ४ अण्डर ६६ स्कोर खेलेका भरत तामाङ दोस्रो भए । उनी १३ ह्याण्डी क्याप खेलाडी हुन् । उनको पनि २ ह्याण्डीक्याप घटेर ११ मा सिमित भएको छ । ट्रफीसँगै तामाङले बराहको १० हजार बराबरको गिफ्ट भौचर पाएका छन् । यस्तै, ३ अण्डर ६७ स्कोर गरेका बलबहादुर राई प्रतियोगितामा तेस्रो भए । उनी २३ ह्याण्डीक्याप खेलाडी हुन् । अब उनको पनि २ ह्याण्डीक्याप घटेर २१ मा सिमित भएको छ ।

2 1

प्रतियोगितामा १ अण्डर ६९ स्कोर गरेका आकाश राईले महत्वपुर्ण मानिने बेष्ट ग्रसको उपाधि जिते । उनी ५ ह्याण्डीक्याप खेलाडी हुन् । उनको पनि १ ह्याण्डीक्याप घटेर ४ भएको छ । प्रतियोगितामा महिलातर्फ सुमित्रा लिम्बु विजेता भइन् भने शुसिला राई उपविजेता भइन् । 

यसैगरि, सिनियरतर्फ तुलसीराम लिम्बु विजेता भए भने जुनियरतर्फ सिद्धान्त सापकोटा विजेता भए । मोष्ट बर्डीको उपाधि उदयपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं एसपी भीम दाहालले जिते भने लङ्गेष्ट ड्राइभको पुरस्कार हेमन्त थापा र नियरेष्ट टु दि पिनको पुरस्कार टेकबहादुर राईले जिते । 

4 1

विजेताहरुलाई आयोजक धरान गल्फ क्लबका अध्यक्ष टिका लिम्बु, प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, प्रायोजक बराह ग्रुपकी सञ्चालिका विष्णुमाया लामिछाने, बराह ग्रुपका अध्यक्ष शिवकुमार लामिछाने, नेपाल गल्फ  संघका केन्द्रीय सदस्य एम.बि.लिम्बु, संघका जिल्ला अध्यक्ष डि.बि.राई, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल, बराहका मानबहादुर विश्वकर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

3 1 barah

 baraha-winner 6

5

8

10

11

9

7

12

13