धरान: धरानका उद्योगपति रोशन सोनीको कोरोना संक्रमणबाट निधन भएको छ । 

विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा उपचाररत सोनीको गए राती (शुक्रबार) निधन भएको हो । पिसिआर रिपोर्ट पोजेटिभ आएका सोनीलाई थप समस्या भएपछि उपचारको लागि एक साताअघि विराट मेडिकल शिक्षण अस्पताल लगिएको थियो । उनको हिजो राती करिब १० बजे निधन भएको उनी निटक एक व्यवसायीले जानकारी दिए । 

सोनी पछिल्लो समय आन्द्रामा समस्या भएर उपचारको लागि भारतको दिल्ली गएका थिए । त्यहाँ अप्रेशन गरेर उनी घर फर्किएका थिए । सोही क्रममा पिसिआर जाँच गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । सोनीको तीनकुनेमा सुर्य कत्था उद्योग छ । उनको शवलाई विराटनगरस्थित सिंगिया खोलामा नै अन्त्येष्टी गरिने धरानका व्यवसायी कृष्ण पाठकले जानकारी दिए ।