धरान: धरान उपमहानगरपालिका क्षेत्रमा आज थप ५४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अन्य २ जनाको पनि पिसिआर पोजेटिभ आएको थियो । तर, उनीहरुको यसअघि नै एन्टिजेन पोजेटिभ आएर संक्रमितमा गणना भइसकेका थिए । नयाँ संक्रमित भने ५४ जना थपिएको उनले बताए । योसँगै धरानमा कोभिड १९ को दोस्रो लहर शुरु भएपछि संक्रमित हुनेको संख्या ५ सय ५ पुगेको पनि मेहताले जानकारी दिए ।