धरान: ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार धरानको सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ । 

राष्ट्रिय युवा संघ नेपालको सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको हो । यो कार्यक्रमसँगै देशव्यापी वृहत वृक्षारोपण कार्यक्रमको पनि समापन गरिएको संघका जिल्ला अध्यक्ष अरुण गुरुङले जानकारी दिए । उनका अनुसार जलाधार क्षेत्रको जग्गा अतिक्रमण र किनबेच भइरहदा एमाले नेतृत्वको सरकारको पालामा सरकारको नाममा ल्याउने निर्णय भएकोले जलाधार संरक्षणको लागि वृक्षारोपण कार्यक्रम गरिएको हो । साथै उनले नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको पनि स्मृति दिवस परेकोले वृक्षारोपण कार्यक्रम गरिएको बताए ।

sardu8

संघले जलाधार क्षेत्रमा करिब २ हजारको संख्यामा विभिन्न प्रजातिका बोटविरुवा एवं फलफुलका विरुवाहरु रोपिएको जनाएको छ । एमाले नेता मुरारी सुवेदीले कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवस पारेर सुनसरी जिल्लाको शिर सर्दु जलाधारको संरक्षण र पुर्नताजगी गर्न वृहत वृक्षारोपण गरिएको बताए । उनले युवाहरु राजनीतिकरुपमा सचेत भएको, अग्रजहरुलाई सम्मान गर्ने, सरकारी सम्पत्ति संरक्षण गर्न जस्तोसुकै मुल्य चुकाउन तयार भएको र जलाधार क्षेत्र धरानको मात्र नभै जिल्लाकै शिर भएकोले जिल्लाको सिमावर्ती क्षेत्रबाटसमेत युवाहरु आएर वृक्षारोपण गरिएकोले महत्वपुर्ण कार्यक्रम भएको बताए । 

sardu1

संघले यसअघि पनि देशव्यापी वृक्षारोपण अभियानअन्तर्गत धरानको वीपी प्रतिष्ठान, विद्युत प्राधिकरणको जग्गा र विपी स्मृति पार्कमा पनि वृक्षारोपण कार्यक्रम गरिसकेको थियो । संघको केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बुले देशभर ५ लाख विरुवा रोप्ने लक्ष्य पुरा भएको बताए । सट्टाभर्ना पाएर पनि अतिक्रमण भएको जलाधार क्षेत्रको जग्गा सरकारीकरण भएकोले संरक्षण गरी हरियाली बनाउनुपर्छ भनेर २ हजार विरुवा रोपिएको उनले बताए । 

sardu10

sardu3

sardu6

sardu2

sardu7

sardu4

sardu9

sardu5

sardu11

sardu12