धरान" धरानमा लकडाउनको तयारी भइरहे पनि व्यापारी, व्यवसायीहरु भने असन्तुष्ट छन् । 

उनीहरुले लागु हुनै नसक्ने लकडाउनको निर्णय गर्न नहुने भन्दै अन्य रोकथामका उपाय अपनाउन स्थानीय सरकारलाई सुझाव दिएका छन् । धरान उपमहानगरपालिकामा भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकमा व्यवसायीहरुले धरानको भानुचोक, छाताचोक र पुरानो बजार क्षेत्रको मात्र दोकान बन्द गराउने र गाडी चल्न नदिने खालको मात्र लकडाउनले कोरोना संक्रमणको दर नघट्ने धारणा राखे । लकडाउन गर्नु अघि स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराउन अभियान चलाउनुपर्ने र पालना नगर्ने व्यवसायी, सर्वसाधारणहरुलाई जरिवाना, सजाय गर्नुपर्ने उनीहरुको भनाई थियो । त्यति गर्दा पनि संक्रमण दर नघटेमा मात्र लकडाउन गर्नुपर्ने भनाई रहेको थियो ।

भिडियो:

बासुदेव वराल, पर्यटन व्यवसायी :

basudev

 विगतमा जस्तो डोरी टाग्ने र गोलो घेरा बनाएर दुरी कायम गराऔं । लागु नहुने दोकानलाई सजाय व्यवस्था गरौं । दोस्रो, मास्क र प्रोटोकल कडाईका साथ पालना गरौं । तेस्रो, कोभिड भएकालाई वडाको संयन्त्र छ, निगरानी गरेर १४ दिन बाहिर निस्कन नदिऔं

चौथो, वीपी कोइरुाला स्वास्थइ विज्ञान प्रतिठानमा उपचार गर्न आउने वा त्यहाँ भिड अनियनित्तत छ, त्यसलाई नियन्त्रण गर्न छलफल गरौं, यति ४ कुरा गर्न सक्यौं भने हामीले चाहेको चिज प्राप्त हुन्छ ।

सुनसरी उद्योग वाणिज्य संघ धरानका अध्यक्ष गिरीधारी सापकोटा :

 धरान उपमहानगरपालिकाको ठुलो कमजोरी छ, एन्टिजेन गरेको मान्छे कहाँ गायो ? कहाँ बसेको छ ? कसरी बसेको छ? पोजेटिभ देखिएके मान्छेको खोजी गरेको छैनौं । त्यो मान्छेबाट सरेको छ । पोजेटिभ देखिएकोलाई कहाँ राख्ने, कसरी राख्ने भनेर गरेको छैनौं ।

हिजोको लकडाउन हेरौ, त्यो लकडाउन धरान बजार मात्रै बन्द भएको छ, यातायात बन्द भएको छ । भित्रभित्र कतै बन्द भएको छैन, मास्क लगाएको छैन । लकडाउन र चेक ब्रेकको कुरा आइरहेको छ , जोगवनी नाका खोलिसकेको छ । नाका खुल्ला भइसक्यो, हामी चै यहाँ लकडाउन भन्दैछौं । जरिवाना गर्नुपर्छ, मास्क जस्ले लगाएको छैन, व्यवसायीलाई पनि गरौं । बजार मात्र लकडाउन गरेर केही हुद्यैन, भित्रभित्र मास्क नलगाई खुला हिडिरहेका छौं । समुदायमा पुगेको छ संक्रमण, त्यहाँ के गछौं ?

Giridhari-sapkota

धरान बजार, भानुचोक, छाताचोक, पुरानो बजार बन्द गरेर केही हुद्यैन, सक्छौं भने घरबाट निस्कन कोही नपाउने हुनुपर्छ, ठप्प हुनुपर्छ, त्यो लकडाउन सफल होला, नत्र हुदैन । रेकर्ड राख्नुपर्छ, पोजेटिभ को, कहाँ छ भनेर । 

लकडाउन गर्दा प्रभावकारी गरौं । झापामा लकडाउन भयो, तर प्रभाव छैन । खाद्यान्न किन्न बिहान छुट दियो, भिड भयो । यातायात राजमार्गमा चल्न छुट दिइयो । धरानको नयाँ बजार र पुरानो बजार मात्र बन्द गरेर केही हुदैन । पाँचकन्यादेखि विष्णुपादुकासम्म मान्छे हिड्नु भएनपर्यो, बन्द हुनुपर्यो । त्यति कडाई हुन्छ भने गरौं, नत्र जहाँ व्यवसाय छ त्यहाँ बन्द गर्ने मात्र भएन । 

व्यापारी, व्यवसायी डुबिरहेको छ, कसले हेर्ने ? बन्द मात्र गरौं भनिरहेका छौं । कुन मोडालिटीमा बन्द गर्ने ? खै योजना ? उद्योगी, व्यवसायीले विरोध गर्यो मात्र भन्ने होइन । एन्टिजेन, पिसिआर गरेको र पोजेटिभ भएको मान्छेको तुरुन्त डाटा निकालेर अनुगमन गर्नुपर्छ  ।

शिवराज श्रेष्ठ, सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष

shibaraj

: वस्तुगत संघहरुसँग छलफल गर्यौं, बैंकको ब्याज व्यवसायीहरुले जसरी पनि तिर्नुपर्छ । घर भाडाहरु तिर्न नसकेको अवस्था छ, पहिलाको घरभाडा । फेरि लकडाउन हुँदा कसरी तिर्ने ? सम्पुर्ण वस्तुगत संघहरुले अहिले लकडाउन नगरे हुन्थ्यो भन्ने छ । बरु स्वास्थ्यको मापदण्ड पालना गछौं भन्ने छ । 

बरु एक साता हेरौं, सुधार हुन्छ कि । हामी पनि प्रयास गछौं, मापदण्ड अपनाउने देखि के के गर्नुपर्ने छ, गरौं । व्यवासी र ग्राहकहरुलाई पनि मापदण्डमा पालना गराउन पहल गछौं, त्यसपछि पनि भएन भने गर्ने हो कि । लकडाउन फेरि भयो भने व्यवसाय चकनाचुर हुन्छ, यसतर्फ पनि सोच्नुपर्छ ।

सरोज श्रेष्ठ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश संयोजक

saroj-sth

: के कारणले धरानमा संक्रमण बढ्यो ? स्पष्ट छैन । प्रयन्त के के गर्यौं ? न्युनीकरणको लागि ? त्यो खाका छैन । एन्टिजेन परीक्षण गर्न नगरपालिकाले ३ दिन मात्र गर्ने । झापाले १० दिनदेखि लकडाउन गरेको छ, तर संक्रमण कम भएको छैन । लकडाउनले मात्र हुदैन रहेछ, व्यवहार परिवर्तन गराउन के गर्यौ ? मास्क विना हिड्नेलाई जरिवाना गरौं, मापदण्ड पालना नगर्नेलाई । सचेत, सजग हुन्छन् भन्यौ, त्यसतर्फ ध्यान छैन । 

हामीले गर्नसक्ने प्रयास गरौं, नत्र लकडाउन मात्रै गर्ने हो भने व्यापारी आत्महत्या गर्नुपर्ने अवस्था छ । अवज्ञा गरेर पसल खोल्नुपर्ने अवस्था आउछ । धरान मात्र बन्द गर्ने, इटहरी, धनकुटा चै खुल्ला गर्ने । स्वास्थ्इ प्रटोलक नगर्ने, दुरी नराख्ने र मास्क नलगाउनेलाई दण्ड जरिवानाको व्यवस्था गरौं । 

सिताराम आचार्य, व्यवसायी:

sitaram

मान्छेहरुमा लापरवाही छ, जनचेतना जगाउदै कारबाहीको दायरा बढाउनुपर्छ । घरधनी र व्यवसायीलाई बोलाएर छलफल गराइयोस् । लकडाउन पछि पसल मात्र खोल्दैछ, घरधनी भाडा माग्न आउछ । विचराले कहाँबाट दिन्छ ? दुवै पक्षलाई छलफल गराएर रोकिएको भाडा हरेक महिना थप्दै दिने वातावरण बनाइदिदा सहज हुन्छ । बैंकहरुसँग पनि छलफल गराइयोस्, डेढ करोडको धितो छ, ५० लाख ऋण लिएको छ, व्यवसायी त भाग्दैन नि ! किस्ताबन्दी तरिकाले तिर्ने वातावरण बनाइदियोस् । ८,१० दिन जनचेतनामुलक कार्यक्रम गछौं, र जरिवाना गर्ने व्यवस्था गरियोस् । ८, १० दिन हेरौं, भएन भने लकडाउन गरौं । व्यापार, पसल बन्द चै बन्द गर्ने तर राजनीतिक दल, संघसंस्थाहरुको आमसभा, नारा, जुलुस कार्यक्रमहरु चै हुने । त्यो पनि रोक लगाउनुपर्छ । 

भिडियो: