धरान: कोरोना संक्रमणको चेन ब्रेक गर्न कडा लकडाउनको सिफारिश गर्ने राजनीतिक दलहरुमध्ये नेकपा माओवादी केन्द्रले फरक मत राखेको छ । 

धरानमा लकडाउन गर्नेबारे सोमबार उपमहानगरपालिकामा आयोजित सर्वपक्षीय एवं सर्वदलीय बैठकमा माओवादी केन्द्रले लकडाउन नगरि स्वास्थ्य प्रोटोकललाई कडाइका साथ पालना गराउनुपर्ने धारणा राखेको हो । माओवादी केन्द्रका सचिव सुर्दशन श्रेष्ठले पछिल्लो अवस्थाले गर्दा लकडाउन जरुरी नभएको र स्वास्थ्य प्रोटोकल लागु गर्दै त्यसको परिणाम हेरिसके पछि मात्र लकडाउन आवश्यक छ कि छैन भनेर निर्णयमा पुग्नुपर्ने पार्टीको धारणा रहेको बताए । उनले साउन पहिलो वा दोस्रो सातातिर लकडाउन आवश्यक देखिएको कारण सोही अनुसार राजनीतिक दलहरुबाट निर्णय भएपनि अहिले जरुरी नभएको बताए ।

साउन दोस्रो साता धरानका विभिन्न ११ राजनीतिक दलहरुले चेन ब्रेकको लागि १५ दिन कडा लगाउन गर्नुपर्ने निर्णय गर्दै धरान उपमहानगरपालिकालाई सोही सुझाव उल्लेख गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो । उक्त पत्रमा माओवादी केन्द्रकातर्फबाट सचिव श्रेष्ठले नै हस्ताक्षर गरेका थिए । माओवादी केन्द्रले लकडाउन गर्न नहुने धारणा राखे पनि अन्य राजनीतिक दलहरुले भने संक्रमणको दरलाई चेन ब्रेक गर्न कम्तीमा १० दिन लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । 

नेकपा एमालेका नेता नारायण सुवेदी, हर्कजंग एभेङ, नेपाली कांग्रेसका सचिव श्याम पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष ताजुब लिम्बु, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सञ्जुहांग साँवा, राप्रपाका नविन पराजुलीलगायलते भयावह अवस्था आउन नदिन र चेनब्रेक गर्न लकडाउन गर्नुपर्ने धारणा राखेका थिए । 

भिडियो:

tajub

shyam

narayan