धरान: धरानको द राइजिङ क्लबले नेपालमा पहिलो पटक आयोजना हुन लागेको राष्ट्रिय फुटसल लिग खेल्ने भएको छ । 

आगामी असोज २ गतेदेखि २२ गतेसम्म पोखरामा हुन लागेको लिगमा सहभागी हुने खेलाडी तथा अफिसियलहरुलाई क्लबले शुक्रबार विदाई गरेको छ । बगरकोटस्थित भिन्टेज फेमलीमा एक कार्यक्रम आयोजना गरि क्लबले खेलाडीहरुलाई विदाई कार्यक्रम गरेको हो । खेलाडीहरु भने भदौ २८ गते सोमबार मात्र पोखरा प्रस्थान गर्नेछन् । 

टिम मेनेजर रवि राई, टिम कोच युवेन्द्र लिम्बु र स्वास्थ्यकर्मी(फिजियो) विजय श्रेष्ठबाहेक १४ जना खेलाडीको टोली पोखरा जानेछन् । कोच लिम्बुका अनुसार नेपालमा पहिलो पटक फुटसलको लिग हुन लागेको हो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउनेछ । उक्त लिगमा सहभागी हुन प्रदेश १ को विभिन्न जिल्लाबाट छनौट भएको १० वटा टिमबीच करिब ३ महिना अघि इटहरीमा छनौट प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा फुटसल फाइभ र द राजिइङ क्रमशः विजेता, उपविजेता हुदै लिगको लागि छनौट भएको उनले बताए ।

the-rising2

टिमका मेनेजर राईले विगत ६ महिनादेखि लिगको तयारी भइरहेको कारण उच्च मनोवलका साथ जित्ने लक्ष्य लिएर पोखरा जाने बताए । लिगबाट नै राष्ट्रिय टिमको लागि खेलाडीहरु छनौट हुने भएकोले आफ्नो क्लबका २, ३ जना खेलाडी राष्ट्रिय टिममा पर्ने उनले अपेक्षा व्यक्त गरे ।

विदाई समारोहका प्रमुख अतिथि एवं कांग्रेस नेता, महासमिति सदस्य पर्वत राईले राईजिङ क्लब फुटसलको राष्ट्रिय लिग खेल्न छनौट भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । साथै उनले खेलाडीहरुलाई नर्भर नभै खेल्न सुझाव पनि दिए । उनले धैर्यताका साथ खेल्न, साथीसँग नरिसाई र नआत्तिकन खेलेर जितेर आउन शुभकामना पनि दिए । खेलबाट शारीरिक स्वास्थ्य र लामो आयुको लागि पनि लाभ पुग्ने बताए । बिशेष अतिथि एवं व्यवसायी कुमार श्रेष्ठले पनि विजयी भएर आउन शुभकामना दिएका थिए । 

भिडियो:

the-rising5

the-rising4