धरान:  च्यारिटेवल प्रथम सिंगापुर मितेरी फुटसल प्रतियोगितामा एसपिसि धरान च्याम्पियन भएको छ । 

धरान ११ स्थित मितेरी फुटसलमा मंगलवार फाइनल खेलमा ग्याटिस टिमलाई ५–० गोलअन्तरले हराउदै एसपिसि च्याम्पियन भएको हो । एसपिसिले उपाधिसंगै नगद एक लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाण पत्र पनि हात पारेको छ । उपविजेता ग्याटिसले नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । 

फाइनल खेलमा हाइस्कोर उपाधि विजेता एसपिसिका अर्जीन भण्डारीले २, सुदर्शन श्रेष्ठ, अंकित भुजेल र एजि श्रेष्ठले एक एक गोल गरेका थिए । अर्जीनले प्रतियोगिता अवधिभर कुल १० गोल गरेर हाई स्कोररको पुरस्कार पनि पाए । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि ग्याटिसका समिर गुरुङ्ग र उत्कृष्ट गोलकिपरको उपाधि एसपिसिका सारंश भट्टराईले हात पारे । उनीहरुले जनही नगद २ हजार ५ सय रुपैया, ट्रफि र प्रमाण पत्र पाएका छन् ।

miteri-winner1

कार्यक्रमका अध्यक्ष एवं आयोजिक मितेरी फुटसलका अध्यक्ष लुकेन्द्र राई, प्रमुख अतिथि एवं अखिल नेपाल खेलकुद महासंघ केन्द्रिय प्रथम उपाध्यक्ष, एन्फा केन्द्रिय सदस्य किरण राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, सिंगापुर लिफ टिम सदस्य विपिन लिम्वु लगायतले पुरस्कार वितरण गरेका थिए । फाइनल खेल अघि आज नै सेमिफाइनल खेल पनि भएको थियो । सेमीफाइनलमा ग्याटिसले आयोजक मितेरी फुटसल टिमलाई ७–२ र एसपिसिले च्याम्सलाई ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

miteri-runner

प्रतियोगिता मितेरी फुटसल र सिंगापुरबाट छुट्टीमा आएका सिंगापुर लिफ टिमको संयुक्त आयोजनामा भएको थियो । असोज १० देखि सुरु भएको च्यारीटेवल प्रतियोगितामा ३६ वटा टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताबाट उठेको रकमले धरान १३ नं वडामा रहेको प्रेटोल पम्पदेखि भेडेटार सम्मको ट्रनिङ्गहरुमा र धरान उपमहानगर भित्रका जोखिमयुक्त ट्रनिङ्ग तथा चौकहरु गरि ५० स्थानमा ट्राफिक मिरर (कन्भेक्स मिरर) लगाउने आयोजकले जनाएको  छ भने धरान १७ विजुवा मार्गस्थित एकल महिला जानुका विकको घर निर्माण अभियानमा पनि सहयोग गर्ने भएको छ । 

miteri-runner1

miteri1

miteri 1

miteri2

miteri3