धरान: धरान जेसीजको समुदायलाई लक्षित बार्षिक कार्यक्रम जेसीज सप्ताह–२०२१ आईतबारबाट सुरु भएको छ।

धरान ३ चिनिया चोकथित धरान जेसीजको सचिवालयमा प्रमुख अतिथि एवं इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जेसीज सप्ताहको उद्घाटन गरेका थिए । धरान जेसीजका अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा आयोजित उद्घाटन समारोह अघि नै स्वास्थ्य जीवनको लागि साइकल नारासहित साइकल यात्रा पनि आयोजना भएको थियो । धरानको छोटो दुरीका पर्यकीयस्थलहरुलाई प्रर्वद्धन गर्न आयोजित साइकल यात्रा धरानको माछाभौडीस्थित पार्कबाट शुरु भएको थियो । साइक्लिष्टहरु त्यहाँबाट भानुचौक, छाताचौक, लक्ष्मी चौक, विजयपुर चौक, दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर हुदै जेसीजको सचिवालयमा पुगेर यात्रा टुंग्याएका थिए । 

jci1

धरान जेसीजकी समुदाय तर्फकी कार्यकारिणी उपाध्यक्ष आयुष्मा लिम्बु (खेमकला)को मुल संयोजन तथा सदस्य राजेन्द्र रिजालको संयोजनमा आयोजित उक्त कार्यक्रममा धरान जेसीजका पदाधिकारी, पूर्वअध्यक्ष, प्रथम महिला, परिवेक्षकहरु तथा विभिन्न संस्थाहरुको प्रतिनिधीहरु उपस्थित थिए । सप्ताहको दोस्रो दिन सोमबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ भने तेस्रो दिन विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको लागि शैक्षिक सामाग्री बितरण कार्यक्रम हुनेछ । यस्तै, चौथो दिन सामुदायिक स्वास्थ्य परिक्षण कार्यक्रम, पाँचौ दिन उदघोषण कला तालिम, छैटो दिन वतृत्वकला प्रतियोगिता र सातौ दिन सप्ताह समापन कार्यक्रम हुने मुल संयोजक लिम्बुले जानकारी दिइन् । 

jci2