धरान: हाम्रो कलेक्सनद्धारा बुधवार आयोजित एक दिने हाम्रो कलेक्सन थ्री वाइ थ्री बास्केटवल खसी कपको उपाधि ब्रदर्स बास्केटवल टिम धरानले जितेको छ।

फाइनल खेलमा इमोर्टल क्लव धरानलाई ११–१० स्कोरले पराजित गर्दै ब्रदर्शले उपाधि जितेको हो । ब्रर्दशले पुरस्कार स्वरुप २० केजीको खसी र प्रमाण पत्र हात पारेको छ । उपविजेता इमोर्टलले नगद २ हजार ५ सय रुपैया र प्रमाण पत्र पायो । प्रतिस्पर्धात्मक फाइनल खेलमा ब्रर्दसकातर्फबाट सर्वधन राईले व्यक्तिगत ७ अंक जोडेका थिए ।

   धरान ८ यलम्बर खेल मैदानमा सम्पन्न प्रतियोगितामा सहभागी क्लबहरुमा अधिकांश प्रदेश १ र सुनसरी जिल्ला टिमका खेलाडीहरुको सहभागिता रहेको थियो । उपाधि विजेता व्रदस टिमबाट दुई जना प्रदेश १ बास्केटवल टिमका खेलाडी सर्वधन राई र सुजन राई, सुनसरी जिल्ला टिमका खेलाडी कविन मगर रहेका थिए । यस्तै, इमोर्टल टिममा प्रदेश १ बास्केटवल टिमका कप्तान नविन राई र सुनसरी टिमका खेलाडी सन्तोष तामाङले क्लवको प्रतिनिधित्व गरेका थिए । 

khasi-cup1

प्रतियोगितामा धरान, विराटनगर, दमक, वेलवारी, तरहरा लगायत वाट २२ वटा टिमले सहभागिता जनाएको थियो । फाइनल खेल अघि भएको धरान वास्केटवल संघ (डिविए) र सुनसरी बास्केटवल संघका पुर्व खेलाडीहरु विच मैत्रिपुर्ण खेल पनि भएको थियो । उक्त खेलमा धरान बास्केटवल संघले सुनसरीलाई ३१–३० अंकको अन्तरले पराजित गरेको थियो । खेलमा डिविएबाट प्रदेश १ बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले व्यक्तिगत २४ अंक जोडेका थिए भने सुनसरीबाट देवराज राईले १५ अंक जोड्न सफल भएका थिए ।

khasi-cup2

प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका अध्यक्ष एवं हाम्रो कलेक्सनका व्यवस्थापक रवि वास्फोर, प्रमुख अतिथि नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, विशेष अतिथि जिल्ला बास्केटवल संघ, सुनसरी अध्यक्ष नारायण सुवेदी, पुर्व अध्यक्ष सुधिर लिम्वु, प्रदेश १ प्रशिक्षक विकास चाम्लिङ राई, धरान बास्केटवल संघ सल्लाहकार खगेन्द्र रिजाल, कोषाध्यक्ष गौरव श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए ।

khasi-cup3